back

तिवारी र ढकाल माओवादीको सल्लाहाकार

वि.सं.२०७८ कात्तिक ३ बुधवार

357 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

वालिङ्, स्यांग्जा । पर्वतका जयनारायण तिवारी र स्याङ्जाका शोभाखर ढकाल नेकपा (माओवादी केन्द्र) को केन्द्रिय सल्लाहाकार चयन भएका छन् ।

नेकपा (माओवादी केन्द्र )को मंगलबार सम्पन्न स्थायी कमिटिको निर्णयलाई उदृत गर्दै पर्वत र स्याङ्जाका माओवादी नेताहरुले मुख्यतः उनीहरु दुईजनालाई बधाइ दिइरहेका छन् ।

पर्वतमा तत्कालीन नेकपा चौमदेखि मशाल र माओवादीमा काम गर्दै आएका र जनयुद्धकालमा स्थायी शिक्षक छाडेर भूमिगत भएका तिवारी तत्कालीन तमुवान क्षेत्रमा जनप्रिय संगठकका रुपमा स्थापित थिए भने ढकाल तत्कालीन चौम हुदै स्याङ्जामा मशाल र माओवादीका संस्थापकका रुपमा आन्दोलनमा क्रियाशिल रहँदै आएका थिए ।

यसबाहेक तत्कालीन एमालेबाट माले हुदै जनयुद्धकालमै माओवादीको बिभिन्न जिम्मेवारी पुरा गरेका स्याङ्जा पिंडीखोलाका आर.बी तमु पनि सो पार्टीको सल्लाहाकार बनाइएका छन् । यसैगरी एमालेबाट सांसद समेत बनेर माओवादी आन्दोलनमा लागेका धु्रव लम्साल लेखा आयोगमा चयन गरीएका छन् ।

कम्युनिष्ट आन्दोलनको लामो उतार चढाव ब्यहोर्दै माओवादी आन्दोलनमा सक्रिय रहेका पर्वतका तुलसीगीरी तथा स्याङ्जाका गिरीधारी कोइराला र डिल्लीराम रिजाललाई सो पार्टीले जेष्ठ कम्युनिष्ट मंचमा राखेर सम्मान गरेको भन्दै बधाइ दिइएको छ ।
माओवादीले १४९ सदस्यीय सल्लाहाकार समिति तथा ९९ सदस्यीय जेष्ठ कम्युनिष्ट मंच बनाएको समाचार यसअघि सार्वजनिक भएको थियो ।

 

वि.सं.२०७८ कात्तिक ३ बुधवार १९:३४ मा प्रकाशित

NABIL bank AD
कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

ढोरपाटन (बागलुङ) । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ...

उमेर पुगेपछि बिहे गर्ने जोडीलाई नगरपालिकाले रु ५० हजार दिने

उमेर पुगेपछि बिहे गर्ने जोडीलाई नगरपालिकाले रु ५० हजार दिने

महोत्तरी । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर...

धौवादी गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी

धौवादी गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ धौवादीमा पहिलो पटक...

जिल्लामा जान रोक लगाईएको लेखनाथको खुलासा

जिल्लामा जान रोक लगाईएको लेखनाथको खुलासा

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता लेखनाथ...

कनकाईका किसानद्वारा डेढ करोडको विषादीरहित तरकारी उत्पादन

कनकाईका किसानद्वारा डेढ करोडको विषादीरहित तरकारी उत्पादन

बनियानी (झाप) । कनकाई नगरपालिकाका किसानले करिब रु एक करोड...