Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

पोखरा–स्याङ्जा सडकखण्ड अवरुद्ध



वालिङ । अविरल वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड आज बिहान ३ः३० बजेदेखि अवरुद्ध भएको हो ।

स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा ढुङ्गासहितको पहिरो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । ठूलो चट्टानसहितको पहिरो झरेकाले पूर्णरुपमा अवरुद्ध रहेको सडक खुलाउन पहल भइरहे पनि समय लाग्ने प्रवक्ता अधिकारीले बताए ।

पहिरो हटाउनका लागि पुतलीबजार नगरपालिका, सडक विभागसँग सहकार्य भइरहेको छ । सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकमा सयौँ सवारी साधन रोकिएका छन् । चट्टानसहितको ठूलो पहिरो भएकाले सडक खुलाउन केही समय लाग्ने भएकाले तत्काल यो सडक भएर यात्रा नगर्न पनि प्रवक्ता अधिकारीले सुझाव दिएका छन् । यस ठाउँमा सडक विस्तार गरिएकाले पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।रासस

सांकेतिक तस्विर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट