Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

सामलिङ्ग पावरको आईपीओ विक्री खुला, कति कित्ता दिने त आवेदन ?



४ कार्तिक, काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज (कात्तिक ४ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ । निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने सर्वसाधारणले बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त आईपिओमा सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन । सो अवधिमा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति कात्तिक १८ गतेसम्म लम्बिनेछ ।

लगानीकर्ताले कम्पनीको उक्त आईपिओमा न्यून्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या हेर्दा यस कम्पनीको आईपिओमा पनि १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालय र मेरो शेयरको मोबाइल एपबाट आवेदन दिन सक्नेछन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका