Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

बागमतीमा आलोपालो सत्ता चलाउने सहमति : राजेन्द्र पाण्डेपछि इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने



काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसबीच आलोपालो सत्ता चलाउने सहमति भएको छ । एमालेको तर्फबाट मुख्यमन्त्री बनेकी नेतृ अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएसँगै गठबन्धनका दुई दलबीच सत्ता सञ्चालनमा आलोपालो गर्ने सहमति बनेको हो ।

सहमतिअनुसार शाक्यको बर्हिगमनपछि एकीकृत समाजवादीको तर्फबाट राजेन्द्र पाण्डे र त्यसपछि कांग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने छन् । बताइएअनुसार बुधबार साँझ काठमाडौंमा गठबन्धनका शीर्ष नेताहरुबीच प्रदेशको नेतृत्वमा आलोपालो गर्ने सहमति भएको थियो ।

यसअघि गठबन्धनबीच बागमती र प्रदेश १ को नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । तर, बागमतीमा कांग्रेसले दाबी नछाडेसँगै नयाँ सहमति गरिएको हो ।

एमाले विभाजनसँगै बहुमत गुमाएकी शाक्यले प्रदेशसभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि बिहीबारदेखि प्रक्रिया सुरु हुँदैछ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच केन्द्रदेखि प्रदेशसम्म सहकार्य गर्ने सहमतिअनुसार बागमती पनि गठबन्धनले सरकारको नेतृत्व लिने तयारी गरेको छ । गठबन्धनसँग प्रदेशमा प्रष्ट बहुमत छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका