Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

राजेन्द्र पाण्डेलाई बागमतीको मुख्यमन्त्री बनाउने गठबन्धनको प्रस्ताव



काठमाडौं । बागमती प्रदेशमा विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । बिहीबार प्रदेश सभा बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमरकट्टेलले पाण्डेलाई गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा प्रस्ताव गरिएको जानकारी गराएका थिए ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेलगत्तै माओवादी केन्द्रका संसदीय दलका नेता जमरकट्टेलले पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने गठबन्धनको निर्णय सुनाएका थिए । बागमतीकी मुख्यमन्त्री शाक्यले विश्वासको मत नपाउने भएपछि प्रदेशको विपक्षी गठबन्धनले पाण्डेलाई अघि सारेको हो ।

यसअघि बुधबार केन्द्रमा सत्ता सञ्चालन गरिरहेको गठबन्धनका शीर्ष नेताहरुबीच एकीकृत समाजवादी र नेपाली कांग्रेसले प्रदेशको नेतृत्वमा आधा/आधा समय लिने सहमति गरेका थिए । सोहीअनुसार नै प्रदेशमा राजेन्द्र पाण्डेलाई प्रस्ताव गरिएको हो ।

प्रदेशसभामा बोल्दै माओवादी केन्द्रका संसदीय दलका शालिकराम जमरकट्टेलले अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । उनले शाक्यलाई आफ्नो छबि कायम राख्न आग्रह गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका