Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित, विश्वासको मतमाथि मतदान नै भएन



काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित भएको छ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान नै नगरी प्रदेशसभा बैठक कात्तिक १० गतेसम्मलाई स्थगित भएको हो ।

बिहीबार दिउँसो १ बजे बोलाएर ३ बजेका लागि सारिएको बैठक सवा ४ बजे मात्र शुरु भएको थियो । सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यलाई प्रदेशसभामा विश्वासको मत माग्न समय दिएका थिए । मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि सभामुख श्रेष्ठले बैठक स्थगित गरिदिएका हुन् । सभामुख सानुकुमार श्रेष्ठले अब बस्ने बैठकमा अरु प्रक्रिया अघि बढ्ने बताएका छन् ।

बैठकमा मुख्यमन्त्री शाक्यले आफूलाई विश्वासको मत दिन प्रदेशसभासमक्ष प्रस्ताव गरेकी थिइन् । तर विपक्षी गठबन्धनका सांसदहरुले शाक्यलाई राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रह गरेका थिए ।

बागमती प्रदेशमा मुख्यमन्त्री शाक्यलाई बहुमत छैन । उनले विश्वासको मत नपाएमा बहुमतको अर्को सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।

बिहीबार प्रदेश सभा बैठकमा बोल्दै  नेकपा (एकीकृत समाजवादी)का बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्गप्रशस्त गर्न आग्रह गरे। त्यस्तै नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालीकराम जम्मर कट्टेलले मुख्य मन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत दिन नसकिने बताए ।

गठबन्धनमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । जमरकट्टेलले पाण्डेलाई गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा प्रस्ताव गरिएको जानकारी गराएका थिए । सहमतिअनुसार शाक्यको बर्हिगमनपछि एकीकृत समाजवादीको तर्फबाट राजेन्द्र पाण्डे र त्यसपछि कांग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने छन् ।

नेता पाण्डेलाई माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थन छ । यसअघि बुधबार केन्द्रमा सत्ता सञ्चालन गरिरहेको गठबन्धनका शीर्ष नेताहरुबीच एकीकृत समाजवादी र नेपाली कांग्रेसले प्रदेशको नेतृत्वमा आधा/आधा समय लिने सहमति गरेका थिए । सोहीअनुसार नै प्रदेशमा राजेन्द्र पाण्डेलाई प्रस्ताव गरिएको हो ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट