Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

इरानद्वारा राष्ट्रव्यापी वायु सेना अभ्यास शुरु



५ कार्तिक । इरानले बिहीबार देशभरि वायु सेनाको वार्षिक अभ्यास शुरु गरेको छ । सरकारी टेलिभिजनले जनाएअनुसार यो अभ्यास अघिल्लो हप्ता आयोजित सशस्त्र अभ्यासपछि आयोजित ठूलो सैन्य अभ्यास हो ।

प्रतिवेदनमा दिइएको जानकारी अनुसार यस अभ्यासमा बमवर्षक लडाकु विमान, ड्रोन लेसर-निर्देशित मिसाइल सहित अन्य अत्याधुनिक हतियारहरूको प्रयोग गरी ड्रिलमा भाग लिइनेछ ।

सबै इरानी सैन्य हवाई अड्डाहरू यस युद्धाभ्यासमा भाग लिनेछन् । बताइएअनुसार इरानसँग १२ एयर बेस छन् । प्रतिवेदने यो ड्रिल कति लामो समय सम्म चल्छ भन्ने बारे केही बताएको छैन ।

अघिल्लो हप्ता यहाँ आयोजित दुईदिने वार्षिक हवाई रक्षा अभ्यासमा सेना र अर्धसैनिक क्रान्तिकारी गार्ड दुवै भाग लिएका थिए ।

इरानले नियमित रूपमा यस्तो सैन्य अभ्यास गरेर आफ्नो सैन्य तत्परता र क्षमताको प्रदर्शन गर्ने गर्दछ । इरानको बढ्दो परमाणु र सैन्य शक्तिले यस क्षेत्रमा तनाब बढाउँदै लगेको छ । तेहरानको सन् २०१५ को विश्व शक्तिहरूसँगको समझदारीलाई पुनर्जीवित गर्न भियनामा हुने भनिएको वार्ता गत जुन देखि रोकिएको छ र त्यो समझदारी पुनः शुरु हुने कुनै मिति भने हालसम्म तय भएको छैन ।

सन् २०१५ को परमाणु सम्झौताले तेहरानलाई आर्थिक प्रतिबन्ध हटाउने बदलामा युरेनियमको संवर्धनलाई निकै सीमित बनाएको थियो । सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा अमेरिकालाई उक्त सम्झौताबाट फिर्ता लिएपछि मध्य पूर्वमा तनाव बढायो र आक्रमणका अनेक शृङ्खला शुरु हुन थाले ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका