Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

न्यादी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, २० लाख भन्दा बढी आवेदकको हात खाली



५ कार्तिक, काठमाडौँ । न्यादि हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।

आइपीओमा २२ लाख ५५ हजार ८४ जना आवेदकबाट २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको छ । आइपीओमा गोलाप्रथा मार्फत २ लाख ९ हजार २ सय ५० जनाले १० कित्ताको दरले शेयर पाउने भएका छन् भने आवेदन दिएकामध्ये २० लाख ५२ हजार बढी आवेदकको हात खाली भएको छ भने २ लाख ९ हजार २५० जनाले कम्पनीको शेयर प्राप्त गरेका छन् ।

कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो । निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट