Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

अनिर्णित भएर नबस्न चिकित्सा आयोगलाई शिक्षा मन्त्रीको निर्देशन



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा आयोगलाई अनिर्णित भएर नबस्न निर्देशन दिएका छन् ।

शुक्रबार आयोगका पदाधिकारीलाई निर्देशन दिँदै शिक्षामन्त्री पौडेलले आयोगलाई विवादमा राखेर अनिर्णित भएर नबस्न निर्देशन दिएका हुन् ।

उनले भने ‘गाँठो फुकाउन पहल गर्छु । मेडिकल शिक्षा सुधार्ने काम गरौं । अल्झेका विषयहरु भन्नुस् । अनिर्णीत भएर नबस्नुस् ।’

कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिँदै उनले आयोगले सिंगो मेडिकल क्षेत्रलाई प्रभाव पार्नेगरी काम गर्न आग्रह गरेका छन् ।
आयोगलाई कार्ययोजना बनाएर चुस्त दुरुस्त काम गर्न निर्देशन दिँदै सय दिनमा सक्ने कामको योजना बनाउन समेत उनले भनेका छन् ।

जनपक्षीय काम गर्दा कसैको विरोध आउँछ की भनेर नडराई अघि बढ्न भनेका छन्। ‘जनताको पक्ष र मेडिकल शिक्षा सुधार्नका लागि गरिएको काम एक दुई जनाले विरोध गर्दैमा केही नहुने भन्दै कर्मचारीलाई आफ्नो दायित्व र कर्तव्य नभुलेर काम गर्नुस्,मन्त्री पाैडेलले भने ।

मेडिकल शिक्षाको परीक्षा प्रणालीलाई निष्पक्ष बनाएर सक्षम जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा समेत उनले जोड दिएका छन्र ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट