Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रधानन्यायाधीशलाई नेपाल बारको १५ दिने अल्टिमेटम, प्रतिबद्धता तत्काल सार्वजनिक गर्न माग



काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई १५ दिने अल्टिमेटम दिएको छ ।

वारका महासचिव लिलामणि पौडेलले शुक्रबार प्रेश विज्ञप्ति जारी गर्दै हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन लागू गर्न १५ दिने अल्टिमेटम दिएका हुन् ।

प्रधानन्यायाधीसले प्रतिवेदनले दिएको सुझाव कार्यान्वयन गराउने प्रतिबद्धता जनाएको अवस्थामा दुई महिनासम्म पनि लागू गराउनेतर्फ तदारुकता नदेखिएको महशुस भएको भन्दै थप विश्वास गर्न नसकिने अवस्था रहेको जनाइएको छ ।

‘प्रतिवेदन तत्काल लागू गराउने समयसिमासहितको प्रतिबद्धता सर्वोच्च अदालतबाट १५ दिनभित्र नआएमा वारले न्यायिक नेतृत्वलाई विश्वास गर्न सकिन अवस्था रहँदैन ।’ विज्ञप्तिमा भनिएको छ ।

न्यायाधीश कार्कीको संयोजकत्वमा गतवर्ष साउन २५ गते गठित समितिले दुई महिनाअघि अदालतको पेशी व्यवस्थापन र इजलास गठनका सम्बन्धमा भैरहेका गलत कार्यहरुको सुधार ल्याउन माग गर्दै प्रधानन्यायाधीश जबरासमक्ष प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा पेशी व्यवस्थापन र इजलास गठनका सम्बन्धमा देखिएको कतिपय गलत कार्यलाई रोक्न स्वचालित पेशी प्रणाली लागू गराउन र सो प्रणाली लागू गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा सम्पूर्ण अदालतहरूमा गोला (राफल) प्रणालीबाट पेशी तोक्न सुझाव दिइएको थियो ।

एशोसिएसनले यो विषयमा छलफल गर्न कात्तिक ७ गते प्रधानन्यायाधीश जबरालाई भेट्ने र त्यसपछि थप निर्णय लिने निर्णय समेत गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट