Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

कविता: रिस



जति जति रिस धा–यो त्यत्तिकै पोल्छ छाती ।
खुस मनसित रम्ने चाहना लुट्छ साथी ।।
करकर अझ दाह्रा किट्छ यै हो नजाती ।
सब सुख पर भाग्छ्न् कष्टको बढ्छ ताँती ।।०१।।

निज मन द्विविधामा पार्छ यो दुष्ट आफ्नो ।
निज सुख सब खोसी झार्छ पार्दै अचानो ।।
मनुज सुपथ मार्ने ताप टन्टा उमार्ने ।
निज मन रिस त्यागोस् बन्छ चिन्ता लघार्ने ।।०२।।

परतिर निज साथी पार्छ यो दुष्ट जानूँ ।
स्वजन विमुख पार्ने फ्याँक्न टाढा म छानूँ ।।
कृत पथ सब हर्ने देहमा ताप भर्ने ।
ढुलमुल मन पार्ने ज्ञानको नाश गर्ने ।।०३।।

निज मन खलु पार्ने स्रोत यै हो म जानूँ ।
हितकर सब बाटा बन्द यो गर्छ ठानूँ ।।
मृदुमय निज चाहा ध्वस्त पार्ने नजाती ।
कटु पन मन डाहा भर्छ यो दुष्ट काती ।।०४।।

रिस अब खलु जानी दूर फ्याँकेर रम्न ।
सुखसित घर हाँस्ने मार्ग छानेर जम्न ।।
मृदु धुन मुरलीको दुष्टता दूर राख्छ ।
जन मन सब चोर्ने सौख्य भारी उमार्छ ।।०५।।?

लयसित अघि बढ्ने मार्गको लाग्छ टुङ्गो ।
सबसित अब बाँडू मित्रताकै अपुङ्गो ।।
कति मन तब दिन्छन् साथ टुङ्गो हुँदैन ।
जब मन रिस त्याग्ला कष्ट बन्दै हुँदैन ।।०६।।

करकर कटु गाली बाँसुरीले दिँदैन ।
घरघर मृदु वर्षा गर्छ यो बाँड्छ चैन ।।
डमडम डमरू त्यो बज्छ आशा उमारी ।
खुस मन रिस त्यागी हेर आँखा उघारी ।।०७।।

सुर लय सब मिल्छन् सौख्य भारी जुटाई ।
रिस परपर पार्दा खुल्छ आत्मा रमाई ।।
रिस विषमय नै हो पोल्छ यो देह खाली ।
रिस अब पर फ्याँकूँ रम्न मैलो पखाली ।।०८।।

छन्द  मालिनी

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका