Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

स्वतन्त्र गजल



एउटै थियो जाती भाग किन लाउँछौ ?
जतन गर्ने छाती दाग किन लाउँछौ ?

गाह्रो हुन्छ भन्दै रुन्छन् बिछोड हुने
छुटाउनु छ भन्दै माग किन लाउँछौ ?

फूल कहाँ सप्रिन्छ मालीका गल्तीले
कुना पसी दोष बाग किन लाउँछौ ?

सबै कान थुनी परपर भागिरहेछन्
मिठो गाएँ भन्दै राग किन लाउँछौ ।

कहिले थियौ तिमी मेरो यो स्मृतीमा
ब्यर्थै दुनियाँलाई पाग किन लाउँछौ ?

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट