Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

कविता: नजरबाट झरेपछि



आगोसँग खेलें
जलायो पटक पटक
जल्दा जल्दै जलेर हाँस्न सिकें
हाँस्न सिकेपछि
छातीभित्रका ज्वालाहरू अब पोल्दैनन्

पानीसँगै खेलें
पटक पटक बगायो
पटक पटक डुबायो
परन्तु
डुब्दा डुब्दै
बग्दा बग्दै
अफ्ठ्यारो र अवरोधहरूसँग लड्न सिकें
लड्न सिकेपछि
बाटाहरू बन्द हुन सक्दैनन् अब

कोपिलासँगै फूल्न सिकें
फुल्दा फुल्दै
बताससँग जुध्न सिकें
पुतली भमराहरूसँग मिल्न सिकें
मुस्कुराउदा मुस्कुराउदै हाँगाबाट झर्न सिकें
झर्न सिकेपछि बुझें
फूलहरू झर्दैमा अपवित्र हुँदैनन्

फूलसँगै खेल्न सिकें
खेल्दा खेल्दै बुझें
खेलाउनेहरूको कमी छैन जीवनमा
कुनैपनि समय समाप्त हुन्छ अस्तित्व

सिकें
एकपटक नजरबाट झरेपछि
फेरि
नजरमा फर्किन सकिदैन ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट