Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रीतिमा पर्खाइ



म तिम्रो छेउ नहुनु भनेको
म तिमीभित्रबाट पनि
अन्यत्र कतै गइसक्नु होइन,
म तिम्रो अङ्गालोमा नहुनु भनेको
मुटुमा खोपिएको तिम्रो नाममा
विरानोपनाको लेउ लाग्नु पनि होइन ।
कहीँ एकान्तमा हुँदा
तिमी सम्झनाको बुईँ चढ़ेर आउँछौ
अनि मलाई एक मुटु सञ्चो
छोडीराखेर जान्छौ ।
तर कहिलेकाहीँ सुल्टो परिस्थितिको
अनिकाल पर्छ
एकान्तमा डुबिरहन मिल्दैन ।
बसेको बेला
सान्साना ढुङ्गा पानीमा हानेर
तरङ्गहरू गन्दै बस्ने समय
कति टाढ़ो पुगिसक्यौ कुन्नि !

अचेल फूलसँग घण्टौं बात मार्छु ।
त्यसका सुगन्ध र सौन्दर्यले
त्यसलाई छाड़ेर कतै नजाने
वाचा गरेको छ भन्छ ।
तिमी चैं मलाई जिस्काउन
केवल यादले कुतकुती लगाइरहन्छौं ।

जीवन तिर्खाजस्तो भयो मलाई
अनि तिमी धारा ।
र नै त तिमी छेउ नहुँदा
मलाई भइरहने रितो अनुभूतिलाई
तिमीलाई लाग्ने बाँडुलीमा बाँधेर
तिमीलाई पठाउन हरहरिन्छु ।

हो, साँच्ची
कुण्ठाहरू सल्बलाएको यो बेला
धन्न मनलाई बन्दी बनाएका छौ
र मात्र मेरा धड़्कनहरूले
तिम्रो नाम उच्चारणमा लिइरहन्छ ।
एकछिन झपक्क निदाउन त दिँदैनौ –
सपनाको सङ्घारमा उभिएर
ढोका ढक्ढकाउन आइहाल्छौ तिमी ।

जीवन तिर्खाजस्तो भयो मलाई
अनि तिमी धारा ।
र नै त तिमी छेउ नहुँदा
मलाई भइरहने रितो अनुभूतिलाई
तिमीलाई लाग्ने बाँडुलीमा बाँधेर
तिमीलाई पठाउन हरहरिन्छु ।
कामना छ –
असम्भवको अग्लो पहाड़
उक्लोस् यी आँखाहरू
तिमीसम्म पुग्न
एकैक्षण भए पनि तिमीलाई हेर्न !
एउटा अनन्त एकलास बाँचेको
मेरो कथा सुन्न
भर्ट्युअल संसारको सिमाना मिचेर पनि
तिमी आउँछौ नै,
तिम्रो आगमनलाई मनको चौतारीमा
सिरूहरू टोक्दै पर्खेर बसेकीछु ।

पर्खेर,
पर्खेर
बसेकी छु ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका