Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

नेपाल–माल्टा पर्यटन साझेदारीमा जोड



काठमाडौँ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य दिव्यमणि राजभण्डारीले नेपाल र युरोपेली मुलुक माल्टाबीच पर्यटन प्रवद्र्धनको क्षेत्रमा सहकार्यका प्रचुर सम्भावना रहेको बताउँदै त्यसनिम्ति आवश्यक प्रयास हुनुपर्नेमा जोड दिएका छन् ।

नेपालका लागि माल्टाका गैरआवसीय राजदूत रुबिन गाउचीको सम्मानमा यहाँस्थित माल्टाका अवैतनिक वाणिज्यदूत दिनेश श्रेष्ठले आज यहाँ आयोजना गरेका स्वागत समारोहमा उनले नेपालको पर्यटनलाई अझ उजिल्याउन माल्टाबाट धेरै सिक्न सकिने बताए ।

माल्टा र नेपालबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै राजदूत गाउचीले त्यसलाई अझ सुदृढ तुल्याउन आफू क्रियाशील रहेको बताए ।

उनले दुई हजार दुई सयभन्दा बढी नेपालीले माल्टामा काम गरिरहेका जानकारी दिँदै भविष्यमा थप नेपालीलाई रोजगारीका अवसर उपलब्ध गराउन सकिने बताए । उनले भने, “दुई देशबीच श्रम सम्झौता गर्नसके पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्न मद्दत पुग्थ्यो । ”

माल्टाको अथाह समुद्र र नेपालको सर्वोच्च शिखर सगरमाथाको समुचित प्रवद्र्धनबाट मनग्य पर्यटक आकर्षित गर्न सकिने विचार व्यक्त गर्दै उनले द्विपक्षीय व्यापार बढाउन आफू सहजकर्ताको भूमिका निर्वाह गर्न तत्पर रहेको बताए ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका