Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

टि-२० विश्वकपमा अष्ट्रेलिया र इंल्याण्डको विजयी सुरुवात



७ कार्तिक, काठमाडौँ । अष्ट्रेलिया र इंल्याण्डले टि-२० विश्वकपमा विजयी सुरुवात गरेको छ । अष्ट्रेलियाले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको हो भने इंल्याण्डले वेस्टइंडिजलाई ६ विकेटले पराजित गरेको हो ।

अष्ट्रेलिया र दक्षिण अफ्रिका बिचको खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि ब्याटिङ्गमा एडेन माक्रमले सर्वाधिक ४० रन बनाएका थिए भने अष्ट्रेलियाका लागि बलिङ्गमा स्टार्क, हेजलवुड र जाम्पाले सर्वाधिक २ २ विकेट लिएका थिए ।

दक्षिण अफ्रिकाले दिएको ११९ रनको लक्ष्य अष्ट्र्लियाले १९.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रलियाका लागि स्टिवन स्मिथले सर्वाधिक ३५ रनको पारी खेलेका थिए भने मार्कस स्टोइनिसले २४, ग्लेन म्याक्सवेलले १८, म्याथ्यू वेडले १५, डेविड वार्नरले १४ र मिचल मार्शले ११ रनको परी खेलको थिए । जितसँगै अष्ट्रेलियाले पहिलो खेलबाट २ अकं जोडेको छ ।

त्यसैगरी इंल्याण्ड र वेस्टइंडिज बिचको खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको वेस्टइंडिजको टिम १४.२ ओभरमा ५५ रन बनाएर अलआउट हुन पुगेको थियो । वेस्टइंडिजका लागि क्रिस गेलले मात्र दोहोरो अंकमा रन जोड्न सफल भएका थिए । बलिङ्ग तर्फ इंल्याण्डका लागि आदिल रासिदले २.२ ओभरमा २ रन दिएर सर्वाधिक ४ विकेट लिएका थिए । इंल्याण्डले वेस्टइंडिजले दिएको ५६ रनको सामान्य लक्ष्य ८.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । जितसँगै इंल्याण्डले पनि पहिलो खेलबाट २ अकं जोडेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका