Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

साहित्यकार पदम विश्वकर्माको चौथो कृति ‘क्वारेन्टाइन’ उपन्यास सार्वजनिक



अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं बोर्ड परिषदका उपाध्यक्ष साहित्यकार पदम विश्वकर्माको चौथो कृति “क्वारेन्टाइन“ उपन्यास शुक्रबार प्रज्ञा भवनमा सार्वजिक भएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, अनेसास बोर्ड परिषदका अध्यक्ष गीता खत्री, अनेसास केन्द्रीय समितिका निवर्तमान अध्यक्ष एवं सल्लाहकार राधेश्याम लेकाली, अनेसासका सल्लाहकार डा. लक्ष्मणप्रसाद गौतम, अनेसास बोर्ड परिषदका सल्लाहकार प्राडा. खगेन्द्रप्रसाद लुइटेल, वरिष्ठ आख्यानकार पुष्कर लोहनी, साहित्यकार रामप्रसाद दाहालले कृतिलाई सार्वजनिक गरेका हुन् ।

अनेसास नेपाल च्याप्टरको आयोजनामा सम्पन्न सो कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, लोकार्पित कृतिका सर्जक पदम विश्वकर्मा, साहित्यकारहरु गीता खत्री, राधेश्याम लेकाली, डा. लक्ष्मणप्रसाद गौतम, प्राडा. खगेन्द्रप्रसाद लुइटेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पुस्तकको समीक्षा राजकुमार बानिया र महेश पौडेलले गरेका थिए भने कार्यक्रमको संचालन साहित्यकार सुमन बर्षाले र स्वागत गीता कार्कीले गरेका थिए ।

May be an image of 13 people, including Deepa Rai Pun, people sitting and people standing

कार्यक्रममा साहित्यकारहरू जीवा लामिछाने, कृष्ण धरावासी, प्रतीक ढकाल, अनेसास केन्द्रीय समितिका उपाध्यक्ष बाबा बस्नेत, सचिव विमला निरौला, सदस्य डा. रेणुका सोलु, अनेसासका पूर्व उपाध्यक्ष प्रकाश नेपाल, अनेसास बोस्टन च्याप्टरकी अध्यक्ष दीपा राई पुन, साहित्यकारहरु रामप्रसाद दाहाल, लीला लुइटेल, मीरा गोतामे, नेत्रबन्धू पोख्रेल आदिको पनि उपस्थिति रहेको थियो ।

अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा अनेसास नेपाल च्याप्टरका उपाध्यक्षहरू दिब्य गिरी, राजेन्द्र के.सी., गीता कार्की, गीता मैनाली, सरिता अर्याल तथा सदस्यहरू मन्जिला अनिल, रमेश दाहाल, कमला रिसाल, सुमन बर्षा, मधु पाठक, अर्जुन थापालगायतको पनि उपस्थिति रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका