Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

कसरी तोड्ने परनिर्भरताको पासो ?



हाम्रो देश नेपाल भौगोलिकरुपले रणनीतिक महत्वको स्थानमा अवस्थित रहेकाले पनि यो बाह्य शक्तिहरुको क्रिडास्थल बन्दै आएको कुरा जग जाहेर छ । फलतः नेपालले हिजोदेखि आजसम्म राजनीतिक, आर्थिक, समाजिक तथा सांस्कृतिक अनेक समस्या बेहोर्नु परिरहेकोछ । अहिले पनि नयाँ संस्करणमा त्यो स्थिति कायमै रहेको छ । त्यसै बाह्य दबाब र प्रभावले गर्दासमेत नेपालको राजनीतिमा अनेक अपूर्व विकृति र बिसंगति उत्पन्न भएका छन् । अनि विकास पछि पर्नुको एउटा प्रमुख कारण पनि यही नै बनेको छ । त्यसैले नेपाल आज पर निर्भरताको पासोमा उम्किनै नसक्ने गरी परिरहेको यथार्थ छ । वर्षौंदेखि विकासको कुरा चलाईने गरेको भए पनि नेपाल विश्वमा एउटा दिनहीन देशको रुपमा रहिरहनुको एउटा प्रमुख कारण नै यही हो ।

हाम्रो देश प्राकृतिक विविधता, जैबिक विविधता, जातीय तथा सांस्कृतिक विविधता आदिका हिसाबले एक सुन्दर बहु सम्भावना भएको देश हो । मूलतः यस देशको विकासका आधारहरु पनि यी नै कुराहरु हुन् । तर यी स्रोतहरुलाई आफ्नै साझा राष्ट्रिय हित र सम्बृद्धिका लागि सही किसिमले परिचालन गर्ने परम्परा नै नेपालका अहिलेसम्मका शासकहरुले बसाल्न सकेनन् या बसाल्न चाहेनन् । तर विदेशीहरुले यी नै हाम्रा प्राकृतिक र मानवीय सम्पदा तथा स्रोतमाथि आँखा गाडेका छन् । यी कुराहरुलाई आफ्ना हितमा उपयोग गर्न खोजेका छन् । वस्तुतः नेपालसँगको उनीहरुको सम्बन्धको मूल आधार नै यही हो । चाहे कसैले प्रत्यक्षरुपमा यो स्वीकार गरोस् या परोक्षरुपमा तर वास्तविकता यही नै हो ।

वास्तवमा जबसम्म हामीले कुन कुन कारणले, कसरी र कहाँदेखि बाटो बिरायौं भन्ने कुराको खोजी गर्दैनौ तबसम्म समग्र विकास संस्कृतिको सही दिशामा अघि बढ्नै सक्दैनौ । त्यस्तो अवस्थामा हाम्रा अमुल्य स्रोत साधनहरु– प्राकृतिक, सांस्कृतिक र मानवीय सबै या त त्यसै खेर जान्छन् या त सीमित स्वार्थमा प्रयुक्त हुन्छन् । स्वाभावतः केही सीमित र सानो समूहका व्यक्तिहरु सम्पन्नताले मोटाउँदछन् भने अरु बाँकी सबै बिपन्नताले झन पछि झन दुब्लाउदै जान्छन् ।

वास्तवमा नेपाललाई जतिसकै स्वतन्त्र र स्वाधीन भने पनि वर्षौँदेखि यो देश औपनिवेशक दोहनको शिकार भइरहेको छ र त्यसकै मारमा परेर निर्धनतम देश बन्दै आएको कुरा कसैमा लुकेछिपेको कुरा छैन । हुन पनि ००७ सालअघि बेलायती साम्राज्यको एकाधिकारका रहेको देश ००७ पछि पनि त्यसबाट मक्त हुन सकेन । नेपाल–भारत सम्बन्धले सही दिशा र गति लिन नसक्नु पछाडिको अहिलेसम्मको कारण नै त्यही हो । जबसम्म यो कुरालाई प्रष्ट रुपमा स्वीकारेर यसको सही उपचारको खोजी गरिदैन तबसम्म देशले काचँुली फेर्ने कुरा फेरि पनि ‘मृग मरीचिका’ नै बन्ने छ । अहिलेसम्मको तीतो यथार्थको अनुभवले यो कुरा एकदमै प्रष्ट पारिसकेको र पारिरहेको छ ।

यसै कारणले हाम्रो राष्ट्रिय विकासको सही रणनीति र कार्य योजना बन्न सकेन र विकासलाई केवल शासकीय दृष्टिले मात्र हेर्ने र यसलाई शासक वर्ग र तिनका आसेपासेहरुको ‘पकेट मोनी अर्थतन्त्र’मा परिणत गर्ने आजसम्मको अवस्था रहँदै आयो । फलतः राष्ट्र र जनताको सम्पत्तिमाथि केही मुठ्ठीभर मानिसको लागि खेलबाड गर्ने बिषय बन्यो र बनाइदै आयो । त्यसका लागि विदेशीको निर्देशन र अक्कल बिनाको नक्कल गरेर बेला बेलामा जे जे नारा ज–जसले दिए पनि वास्तविक यथार्थ परिणामले नेपाललाई एउटा गरीब र कमजोर राष्ट्रको रुपमा खडा गरिदियो । यसले गर्दा हाम्रो राष्ट्रिय क्षमताको अभिबृद्धि हुन सकेन । वस्तुतः यही नै आज हामीले भोगिराखेको र अनुभव गरिराखेको नेपाली समाज हो र एउटा कुण्ठित समाज हो ।

वस्तुतः हाम्रो व्यापार घाटालाई मात्र सर्सरी हेर्दा पनि यो यो सम्पूर्ण राष्ट्रिय बजेटको समानान्तर बन्न पुगेको भयावह स्थिति छ । कृषि प्रधान देश भनिए पनि कृषि क्षेत्र तिरष्कृत र कुण्ठित भएर अनाकर्षक र गतिहीन बनेको छ । त्यसले गर्दा बाहिरबाट अर्बौँ अर्बको खाद्यान्न, तरकारी, फलफूल, दूध तथा मासुजन्य पदार्थ हाम्रो देशले आयात गर्नु परिरहेको छ र गरिरहेको छ । कृषि कर्म र क्षेत्र नै लगानी नउठ्ने र संकटको सामना गरिरहेको क्षेत्र बनिरहेको छ । यस क्षेत्रलाई जगाउने, उठाउने र अघि बढाउने विश्वासिलो जग नै बस्न सकेको छैन । जसले गर्दा कृषि क्षेत्रमा धेरथोर विकसित भएको या अबलम्बन गरिएको प्रबिधिले पनि पूर्णंरुपले काम गर्न सकेको या गर्न पाएको छैन । त्यसैले अधिकतम श्रमभार व्यहोरिरहेको कृषि क्षेत्रमा लागेका मानिसहरुकै यो पहिलो क्षेत्र बन्न सकिरहेको छैन । यूवा शक्ति विदेश पलायन हुनुको पृष्ठभूमि नै मूलतः यही हो । त्यसैले तल भुईं तहदेखिकै जनतामा केन्द्रित विकास रणनीति र कार्य योजना अघि नसारिएसम्म, जनतालाई स्रोत साधनको स्वामित्व प्रदान गर्ने र त्यसको परिचालन, प्रगति र परिणामको प्रष्ट, प्रत्यक्ष सहभागी बनाउने बाटो न पक्रिएसम्म हाम्रो राष्ट्रिय विकासले फेरि पनि सही दिशा र गति लिन सक्ने छैन । यो फेरि पनि जनतालाई दिनहीन राख्ने र एउटा बिलाशी शासक वर्गीय गतिबिधिकै वरीपरी केन्द्रित र सीमित रहन पुग्दछ ।

राष्ट्रिय विकासको सही रणनीति र कार्य योजना बन्न सकेन र विकासलाई केवल शासकीय दृष्टिले मात्र हेर्ने र यसलाई शासक वर्ग र तिनका आसेपासेहरुको ‘पकेट मोनी अर्थतन्त्र’मा परिणत गर्ने आजसम्मको अवस्था रहँदै आयो । फलतः राष्ट्र र जनताको सम्पत्तिमाथि केही मुठ्ठीभर मानिसको लागि खेलबाड गर्ने बिषय बन्यो र बनाइदै आयो ।

अनि यही अवस्थालाई आफ्नो स्वार्थ साधना गर्ने हिसाबले बाह्य शक्तिहरु पनि जमजमाउँदछन् र अहिलेसम्म त्यसरी नै प्रस्तुत हुँदै आएका छन् । त्यसै कारणले दर्जनौ दातृ संस्थाहरु, हजारौ हजार आईएनजिओहरु सहीत नेपालको शासक वर्गले विकासको ठूलो डंका पिट्ने र होहल्ला चलाउने गरे पनि कुनै सार्थक र अग्रगामी परिणति आउन सकेको छैन र यसरी कदापि आउँदा पनि आउदैन । अनि यसले जनतामा विकासमा सहभागीताको सुनिश्चिता र सार्थक परिणामको आशा तथा आत्म विश्वास जगाउन पनि सक्दैन । संगठित, सक्रिय र सार्थक जन सहभागिता र जन स्वामित्वसहितको जनताका वस्तुगत आवश्यकतामा आधारित अपूर्व विकास नीति आजको हाम्रो राष्ट्रिय आवश्यकता हो । अन्यथा फेरि पनि हामी अरु अरु देशका र हाल आएर दुई विशाल छिमेकी देश – चीन र भारतका विकासका कथा सुन्दै सस्तो श्रम र प्राथमिक कच्चा पदार्थ मात्र निर्यात गर्ने नाजुक स्थितिमै सीमित रहिरहने र अझ कहालीलाग्दो स्थितितिर धकेलिने छौं । अनि यस्तो कमजोर स्थिति जहिले पनि बाह्य शक्तिको क्रिडास्थल र अखडा बनिरहने उर्वरभूमि बाहेक अरु केही हुन सक्दैन । आवश्यकता सर्वप्रथमतः आज यस स्थितिबाट मुक्त हुनु छ ।

विकासका सन्दर्भ पहिलो कुरा माथि उल्लेख गरियो भने दोस्रो कुरा यस प्रकार उल्लेख गर्न सकिन्छ — देश गलत राजनीतिक व्यवस्था, संकीर्ण राजनीतिक स्वार्थ र गैरजिम्मेवार राजनीतिक प्रवृत्तिका कारण पछि परेको कुरा अब मध्य दिउसोको घाम जत्तिकै छर्लङ्ग भइसकेको छ । धेरै अगाडिका कुरा नगरेर ००७ यतादेखिको राजनीतिक परिवर्तनको उतार चढावलाई मात्र सर्सरी केलाए पनि यो यथार्थ राम्रोसँग प्रकट हुन्छ । तर लाज पचेर नकच्चरो भएपछि यी कुनै कुराले असर पार्दैन र देश र जनताप्रतिको जिम्मेवारी बोधको हुटहुटी पनि पैदा गर्दैन । हुन पनि जसले देशको स्रोत साधन अर्थात् उपलब्ध सस्तो कच्चा पदार्थ र सस्तो श्रमको दुरुपयोग गरेर कुम्ल्याए आज तिनीहरु कि त चुपचाप छन् कि त यसो गर्ने उसो गर्ने भनेर अर्ति–उपदेश दिन तम्सिने गर्दछन् । जसको कुनै औचित्य र सान्दर्भिकता नै छैन ।

सात दशक अघिदेखि विकास यात्रामा सँगसँगै हिडेका आफ्ना जोडिएका र निकट छिमेकी देशहरु कहाँ पुगे र हामी कहाँ पुगेका छौं त्यो हेर्दा हाम्रो स्रोत साधन परिचालन गर्ने नेतृत्व कति कमजोर, कति अदूरदर्शी कति गैर जिम्मेवार र कति बेइमानी रहेछ भन्ने कुरा एकदमै प्रष्ट हुन्छ । यस कुरामा अरु कतैतिर कसैलाई दोष दिएर पञ्छिने कुनै ठाउँ नै छैन । तर हाम्रो देशको अहिलेसम्म नेतृत्व गर्ने बिबिध रुप रंगको तर एउटै धरातल र प्रवृत्तिको शासक वर्गले आफुले देश र जनताप्रति समर्पित भएर सही दिशाबोधका साथ काम गर्न नसकेको र सीमित र संकीर्ण स्वार्थले गर्दा विकास संस्कृति र चेत नआएको वस्तुगत यथार्थलाई स्वीकार्न सकेको या त्यसो गर्न न चाहेको प्रष्ट भइसकेको र भइरहेको छ ।

वस्तुतः हाम्रो व्यापार घाटालाई मात्र सर्सरी हेर्दा पनि यो यो सम्पूर्ण राष्ट्रिय बजेटको समानान्तर बन्न पुगेको भयावह स्थिति छ । कृषि प्रधान देश भनिए पनि कृषि क्षेत्र तिरष्कृत र कुण्ठित भएर अनाकर्षक र गतिहीन बनेको छ । त्यसले गर्दा बाहिरबाट अर्बौँ अर्बको खाद्यान्न, तरकारी, फलफूल, दूध तथा मासुजन्य पदार्थ हाम्रो देशले आयात गर्नु परिरहेको छ र गरिरहेको छ ।

वास्तवमा जबसम्म हामीले कुन कुन कारणले, कसरी र कहाँदेखि बाटो बिरायौं भन्ने कुराको खोजी गर्दैनौ तबसम्म समग्र विकास संस्कृतिको सही दिशामा अघि बढ्नै सक्दैनौ । त्यस्तो अवस्थामा हाम्रा अमुल्य स्रोत साधनहरु– प्राकृतिक, सांस्कृतिक र मानवीय सबै या त त्यसै खेर जान्छन् या त सीमित स्वार्थमा प्रयुक्त हुन्छन् । स्वाभावतः केही सीमित र सानो समूहका व्यक्तिहरु सम्पन्नताले मोटाउँदछन् भने अरु बाँकी सबै बिपन्नताले झन पछि झन दुब्लाउदै जान्छन् । अनि जतिसुकै विकास संरचना र संयन्त्र खडा गरे पनि र त्यसका लागि जतिसुकै बजेट वितरण गरे पनि त्यो बहुसंख्यक आम जन समुदायका लागि अर्थहीन र निष्कृय बन्दछ । अहिलेसम्मको हाम्रो विकास योजनाको वस्तुगत यथार्थ परिणामले दर्शाएको अन्तिम सत्य यही नै हो ।

यो विकासले जनतालाई आफ्नो विद्यमान नाजुक स्थितिबाट अझ तल तल झार्ने र विस्थापित गराउने बाहेक केही पनि गर्दैन । अहिलेसम्मको स्थिति विकासले औल्याएको कटु यथार्थ सत्यतः यही नै हो । त्यसैल हाम्रो विकास नीति, बिधि र थिति तल भूँइका जनतालाई एकजुट पार्ने, विकासको प्राथमिक र द्वितीय स्रोत साधनको स्वामित्व प्रदान गर्ने र त्यसको रक्षा गर्दै अझ उच्च चरणमा लैजान जनतालाई नै सुम्पने बाटो अख्तियार गरिनु पर्दछ । आत्मनिर्भर र समुन्नत भएर परनिर्भताको पासोबाट मुक्त हुने बाटो यही नै हो । अन्यत्र भौतारिएर देश र जनताको विकास कदापी हुन सक्दैन भन्ने कुरा अनुभवले सिद्ध गरिसकेको छ । अब पनि नचेत्नु मूर्खता र दासताको जञ्जालमा फस्ने सीवाय अरू केही नहुने अध्यांरो सुरूङको प्रवेशद्वारमा हामी पुगिसकेको अवस्था बाहेक अरू कुनै निष्कर्ष निस्कदैन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका