Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

माछापुच्छ्रे बैंक र सानिमा बैंकको शेयरमूल्य समायोजन



७ कार्तिक, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले माछापुच्छ्रे बैंक र सानिमा बैंकको शेयरमूल्य समायोजन गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुवै बैंकहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

आज नेप्सेमा माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत र सानिमा बैंकको १७ प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजनपश्चात  माछापुच्छ्रे बैंकको शेयरमूल्य ३२२.०७ रुपैयाँ कायम भएको छ भने सानिमा बैंकको शेयरमूल्य ४१७.७८ रुपैयाँ कायम भएको छ ।

बैंकको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन भएको हो । गत बिहीबार सानिमा बैंकको शेयर प्रतिकित्ता ४८८.८० रुपैयाँ र माछापुच्छ्रे बैंकको ३६४.९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका