Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

मुख्यमन्त्री आचार्यको पदको छिनोफानो हुँदै, के पाउलान् त विश्वासको मत ?



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको शुक्रबारको बैठकमा आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आज मतदान हुन लागेको हो ।

प्रदेश सभा सचिवालयले जनाएअनुसार मुख्यमन्त्रीको प्रस्तावमाथि मध्यान्ह १२ः३० देखि बस्ने बैठकले छलफल गरी मतविभाजन गर्नेछ । यसअघि शुक्रबार बसेको बैठकबाटै सभामुख प्रदीकुमार भण्डारीले आज मतविभाजन गर्ने घोषणा गरेका थिए ।

एमाले विभाजनसँगै भदौ १० मा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्य नियुक्तिको दिनदेखि नै अल्पमतमा थिए । केन्द्रमा दल विभाजनले मान्यता पाएको दुई दिन पछि मुख्यमन्त्रीमा नियुक्त हुँदा नै आचार्यले बहुमत गुमाईसकेका थिए ।

तर, प्रदेश सभामा दल विभाजनको जानकारी भदौ २५ मा मात्रै प्राप्त भएको थियो । जसअनुसार आचार्यले असोज २५ भित्र संवैधानिक हिसाबले विश्वासको मत लिनुपर्ने थियो । तर, विभिन्न बाहानाबाजी गर्दै उनले थप १२ दिन पछि मात्रै विश्वासको मत लिन लागेका हुन् ।

के पाउलान् त विश्वासको मत ?

९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री आचार्य आबद्ध दल नेकपा (एमाले)सँग ४१ सांसद मात्रै छन् । जुन बहुमतका लागि अपुग संख्या हो ।

केन्द्रदेखि अन्य प्रदेशमा सहकार्य गरिरहेको गठबन्धनसँग प्रदेश १ मा पनि स्पष्ट बहुमत छ । गठबन्धनमा कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, एकीकृत समाजवादीसँग १० र जसपासँग ३ गरी ४९ सांसद छन् ।

प्रदेश सभामा हाल देखिएको अंकगणितमा नाटकीय परिवर्तन नभएसम्म आचार्यले विश्वासको मत पाउने आधार छैन् ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाएको खण्डमा प्रदेश प्रमुखले नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिमको सरकार गठन गर्न आह्वान गर्नेछन्। प्रदेश १ मा गठबन्धनले यसअघि नै एकीकृत समाजवादीको नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका