Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रदेश १ को राजनीति : ‘फ्लोर क्रस’ गर्ने सूचना पाएपछि कांग्रेसले गर्‍यो बैठक रोक्न माग



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभाको आजको बैठक नै अन्यौंलमा परेको छ । प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक स्थगनको माग गर्दै निवेदन दिएसँगै बैठक अनिश्चित बनेको हो ।

कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणलाई देखाउँदै प्रदेश सभा सचिवालयमा बैठक रोक्न लिखित निवेदन दिएको छ । देउवाको भ्रमणले प्रदेशसभा सदस्यहरु व्यस्त रहेको भन्दै कांग्रेसले बैठक स्थगित गर्न माग गरेका हो ।

यसअघि शुक्रबार बसेको बैठकबाटै प्रदेशसभाका सभामुख प्रदीकुमार भण्डारीले आजको बैठकमा मत विभाजन गर्ने घोषणा गरेका थिए । प्रदेश सभा सचिवालयले मध्यान्ह १२ः३० देखि बैठक बस्ने समयतालिका तय गरेको थियो ।

‘फ्लोर क्रस’ गर्ने सूचनापछि स्थगनको माग

विशेषतः प्रदेशसभाको प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केही सांसदले नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश सभाको नेतृत्व दिने विषयमा असहमती राखेका थिए । स्रोतले बताएअनुसार कांग्रेसले नेतृत्व नपाएमा विकल्पमा अहिलेको नेतृत्वलाई सघाउने गरि उनीहरुले भित्रभित्रै छलफल चलाएका थिए ।

उच्च स्रोतले जनाएअनुसार कांग्रेस, राप्रपा र जसपाका केही सांसदलाई फ्लोर क्रस गराउने विषयमा मुख्यमन्त्री आचार्यले छलफल चलाएको सूचना आधिकारिक रुपमा पाएसँगै कांग्रेसले बैठक रोक्न माग गरेको हो ।

सम्बन्धित समाचार

मुख्यमन्त्री आचार्यको पदको छिनोफानो हुँदै, के पाउलान् त विश्वासको मत ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा