Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रधानमन्त्रीद्वारा प्रदेश नं १ का बाढी, पहिरो प्रभावित क्षेत्रको निरीक्षण



झापा । प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश नं १ को बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न आउने भएका छन् ।

इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार प्रधानमन्त्री देउवाले मोरङ र सुनसरीको बाढी प्रभावित क्षेत्रमा आज बिहान निरीक्षण गर्ने कार्यक्रम छ ।

उनले आजै इलाम र पाँचथर जिल्लाको पहिरो प्रभावित क्षेत्रको समेत हवाई निरीक्षण गर्ने कार्यक्रम छ । निरीक्षणपछि प्रधानमन्त्री देउवाले ती दुई जिल्लाका सीमामा रहेको राँके बजारमा प्रमुख जिल्ला अधिकारीसँग पहिराले पुर्याएको क्षति, उद्धार तथा राहतका बारेमा जानकारी लिने प्रजिअ खड्काले जानकारी दिए ।

हालै आएको बेमौसमी वर्षाका कारण प्रदेश नं १ मा बाढी र पहिराबाट ६२ जनाको मृत्यु, २० घाइते र १३ बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत नबीनराज राईले जानकारी दिएका छन्।

प्रदेशमा सबैभन्दा बढी मानवीय क्षति पाँचथर जिल्लामा भएको छ । जिल्लामा २८ को मृत्यु, १० घाइते र छ बेपत्ता भएका छन् । जिल्लाको कम्मायक, मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिका तथा फिदिम नगरपालिका पहिरोले क्षति पुर्याएको छ ।

यसैगरी इलाम जिल्लामा बाढी र पहिराका कारण १४ जनाको मृत्यु, पाँच घाइते र एक बेपत्ता छन् । माङ्सेबुङ र फाकफोकथुम गाउँपालिका, माई र देउमाई, सूर्योदय नगरपालिका पहिराले क्षति पुर्याएको जनाइएको छ ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट