Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रदेश १ को राजनीति : कांग्रेसको निवेदनपछि बैठक रोक्न माग गर्दै एमालेले बुझायो निवेदन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणलाई देखाउँदै विपक्षी दल नेपाली कांग्रेसले बैठक स्थगित गर्न माग गर्दै निवेदन बुझाए लगत्तै प्रदेशको सत्ता पक्ष नेकपा (एमाले)ले पनि बैठक स्थगित गर्न निवेदन बुझाएको छ । एमालेले आउँदो कात्तिक १५ गतेसम्म बैठक स्थगित गर्न माग गरेको छ ।

एमालेको प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पार्टीको दशौं महाधिवेशनअन्तर्गतका कार्यक्रमहरु निरन्तर भएको कारण देखाउँदै कात्तिक १५ गतेसम्म बैठक स्थगित गर्न माग गर्दै निवेदन बुझाएका छन् । उनले बैठक स्थगित गर्न कांग्रेसले राखेको निवेदन उपयुक्त भएको पनि बताएका छन् ।

‘प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलको तर्फबाट आजको बैठक स्थगत गर्नका लागि सभामुखसमक्ष पत्र पेश गरेको जानकारी हुन आउँदा हाम्रो पार्टी एमालेको पनि दशौँ महाधिवेशन अन्तर्गत कात्तिक ९ गते पालिका अधिवेशन, ११ गते स्थायी कमिटी बैठक तथा १२ र १३ गते केन्द्रीय समितिको बैठक भएको हुँदा १४ गते बाटोको म्याद राखी १५ गते प्रदेशसभाको बैठक सञ्चालन गर्न उपयुक्त हुने व्यहोरा अनुरोध छ’, पत्रमा भनिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज १२ः३० बजे आह्वान गरेको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको थियो । प्रदेश सभाका सत्ता पक्ष र प्रतिपक्षले बैठक रोक्न माग गरेसँगै प्रदेश सभाका सभामुख प्रदीप भण्डारीले बैठक रोक्ने वा नरोक्ने भन्ने विषयमा निर्णय लिन बैठक बोलाएका छन् । उनले बैठक रोक्ने निर्णय गरेमा सरकारको कार्यकाल थप केही दिन लम्बिनेछ ।

सम्बन्धित समाचार

मुख्यमन्त्री आचार्यको पदको छिनोफानो हुँदै, के पाउलान् त विश्वासको मत ?

प्रदेश १ को राजनीति : ‘फ्लोर क्रस’ गर्ने सूचना पाएपछि कांग्रेसले गर्‍यो बैठक रोक्न माग


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका