Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

निगमद्वारा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम



गोदावरी । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ । वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले हवाई सेवा सञ्चालनका लागि भाडादर कायम गरेको हो ।

धनगढीबाट डोटी रु दुई हजार ६१५ र डोटीबाट धनगढी रु दुई हजार ५१५, धनगढीबाट बझाङ रु तीन हजार ९९५ र बझाङबाट धनगढी रु तीन हजार ८९५ हवाई भाडादर कायम गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए ।

यात्रुको चाप बढेपछि धनगढीलाई आधार बनाएर पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आजदेखि परीक्षण उडान हुने उनको भनाइ छ । उनका अनुसार आज पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा हुँदैछ ।

धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उडानका लागि तालिका सार्वजनिक गरिसकेको जनाएको छ । हवाई भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने यहाँका बासिन्दाको माग छ । एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुलाई झन् समस्या भइरहेको विमानस्थलले जनाएको छ ।

पहाडी जिल्लामा हवाइ सेवा सञ्चालन हुने भएपछि गत असोज ३१ गते आइतबारदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि दसैँ मनाउन घर आएका काठमाडौँ, पोखरा, धनगढी, नेपालगञ्जलगायत बाहिर जिल्लामा अध्ययनरत विद्यार्थी तथा कर्मचारी आफ्नो कर्मथलो फर्कन सहज हुने जनाइएको छ ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका