Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकामा सर्वाधिक ठूलो पुरस्कार राशीको फिप्ना कप २०२१ सम्पन्न (तस्बिरसहित)



अमेरिका । २७ औ विश्व आदिवासी दिवस २०२१ को अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) द्वारा आयोजित फिप्ना कप भलिबल तथा फिप्ना कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

न्यूयोर्कको क्वीन्स व्रिज पार्कमा अगष्ट ७–८ सम्म सन्चालित उक्त प्रतियोगिता हालसम्मको सर्वाधिक ठूलो पुरस्कार राशीको भएको आयोजकले जनाएको छ ।

No description available.

चौध टिम सहभागी भएको उक्त भलिबल खेलको उपाधी नेपस्टार डालस टेक्सासले जितेको छ भने तमु गुरूङ सोसाइटी दोस्रो भएको छ । त्यस्तैगरी १८ टिम सहभागी फुटबलमा न्यूयोर्क फुटबल क्लब प्रथम भएको छ भने याक फुटबल क्लब दोस्रो भएको छ । विजेता खेलाडीहरूलाई क्रमश प्रथम पुरस्कार नगत ५००० र दोस्रो ३००० कप , मेडल तथा प्रमाण पत्र हस्तांतरण गरिएको छ ।

No description available.

फिप्नाद्वारा आयोजित फिप्ना कप भलिबल र फुटबल २०२१ को संयोजक तथा व्यवस्थापनमा फुटबल तर्फ संयोजक सुमन थामसुहाङ तथा सहसंयोजकहरू – वाङला लामा, कुमार शेरचन, अजित गुरूङ, सेहाङ नेम्बाङ र बुद्वी गुरूङ रहेका थिए ।

No description available.
त्यस्तै भलिबल खेलको संयोजक याम पुन र सहसंयोजकहरू क्रमशः हरी राना, जित गुरूङ, मन प्रसाद रोक्का, पासांङ लामा, ईन्द्र थापा, सुजल छन्त्याल, दिप ब रानामगर, विकास घर्तीमगर रहेको सचिवाल टिमले काम गरेका थिए ।

No description available.
दुई दिनसम्म सन्चालन भएको फिप्ना कप २०२१ ले नेपाली अमेरीकन समुदायमा युवा तथा खेलकुदको माध्यम मार्फत नेपाली अमेरीकन पहिचान स्थापित गराउने अभियान रहेको आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरीकान अध्यक्ष लोक चेम्जोङले बताए । फिप्ना कप २०२१ लाई न्यूयोर्क राज्यसभा सदस्यमा. जेनिफर राजकुमार, नेपाली महावाणिज्य दुतावासका का.व महावाणिज्यदूत विष्णु प्रसाद गौतम, ब्रुक्लिङ बोरो प्रेसिडेण्ड एरिक एडम, एनआरएन अमेरिकाका अध्यक्ष बुद्दी सुवेदी लगायत विभिन्न नेपाली अमेरिकन समुदायमा क्रियाशील संघ संस्थाका प्रमूख तथा प्रतिनिधिहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रविधिक टोली, स्वयंसेवक र खेलाडीहरूको उत्साहजनक सहभागीता र सहयोगले फिप्ना कप २०२१ खेल महोत्सवको रूपमा सम्पन्न भएको फिप्नाका महासचिव नरेन्द्र थापाले बताए ।

No description available.


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका