Logo
२२ मंसिर २०७८, बुधबार
     Wed Dec 8 2021
E-paper
  English Edition
   Unicode
Logo

आलोपालोको ‘बारगेनिङ’मा कांग्रेस, अधिकांश प्रदेशमा चुनावी सरकार बनाउने योजना



काठमाडौं । विपक्षी कांग्रेस र सत्तारुढ एमालेको निवेदनसँगै प्रदेश १ मा आइतबार बोलाइको प्रदेश सभा बैठक अनिश्चित बनेको छ । दुई पार्टीको निवेदनपछि प्रदेश सभा बैठक सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा सभामुख प्रदिप कुमार भण्डारीले निर्णय लिईसकेका छैनन् । तथापी बैठक स्थगित हुने सम्भावना अधिक छ ।

कांग्रेसले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणलाई कारण बनाएको छ भने एमालेले पार्टीका कार्यक्रमहरुलाई कारण बनाएको छ । तर, अन्तर्यमा एकातिर अल्पमतमा पुगेको एमालेले सत्ता टिकाउन खोजेको छ भने अर्कोतिर कांग्रेसले सत्ताको नेतृत्व आफुँले पाउनुपर्ने अडान राखेको छ । यसअघि नेकपा (एकीकृत समाजवादी)लाई नेतृत्वको दिने निर्णय गरेको भएपनि कांग्रेस नयाँ बारगेनिङ्गमा उत्रिएको हो ।

कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले सञ्चार माध्यमलाई प्रष्ट रुपमै ‘सत्ता आलोपालो’मा कुरा अड्कीएको बताएका छन् । उनले सरकारको नेतृत्वमा स्वभाविक कांग्रेसको दाबी रहेको बताएका छन् ।

कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले सञ्चार माध्यमलाई प्रष्ट रुपमै ‘सत्ता आलोपालो’मा कुरा अड्कीएको बताएका छन् । उनले सरकारको नेतृत्वमा स्वभाविक कांग्रेसको दाबी रहेको बताएका छन् ।

‘बागमती प्रदेश र प्रदेश १ मा नेकपा एकीकृत समाजवादीले प्रदेश सरकारको नेतृत्व गर्ने भन्ने सहमति बनेकै हो’, कोइरालाले सञ्चार माध्यमसँगको कुराकानीमा भनेका छन्, ‘बागमतीमा दोहोरो मापदण्ड भयो भन्ने कुरा आयो, प्रदेश १ मा भने एकलौटी सरकारको नेतृत्व गर्ने भन्ने कुरा मिल्दो नभएकाले हामीले आलोपालोको माग गरेका हौं ।’

सबै प्रदेशको नेतृत्वको खोजीमा कांग्रेस

केन्द्रमा सरकार बनाउने सन्दर्भमा गठबन्धनका दलहरुबीच छलफल हुँदा प्रदेशका सत्ता समिकरणबारे पनि मोटामोटी सहमति बनेको थियो । जसअनुसार नै कांग्रेसले गण्डकी प्रदेशको मुख्यमन्त्री पाएको थियो । कांग्रेसले माओवादीसँग लुम्बिनी र कर्णालीमा आलोपालोको सहमति गरिसकेको छ ।

यता बागमतीमा पनि एकीकृत समाजवादी र कांग्रेसले आलोपालोको सहमति गरिसकेका छन् । कांग्रेसले प्रदेश १ मा पनि आलोपालो खोजेको छ । उसले आलोपालोमा सहमति नभएसम्म प्रदेश सभा बैठक नबसाउने योजना बनाएको छ ।

यदि सहमतिअनुसार कांग्रेसले नेतृत्व पाएमा चुनावी समयमा गण्डकीसहित ५ वटै प्रदेशमा कांग्रेसको नेतृत्व हुनेछ । केन्द्रमा नेतृत्व गरिरहेको कांग्रेसले ५ वटै प्रदेशमा पनि नेतृत्व पाउनु निकै ठूलो सफलता पनि हो ।

कांग्रेसले गण्डकी मात्रै होइन् क्रमशः लुम्बिनी, कर्णाली, बागमती र प्रदेश १ को नेतृत्व खोजेको छ । कांग्रेसले सकेसम्म अहिल्यै नत्र चुनावी कार्यकालका लागि भए पनि नेतृत्व लिनुपर्ने योजना अगाडि सारेको छ ।

यदि सहमतिअनुसार कांग्रेसले नेतृत्व पाएमा चुनावी समयमा गण्डकीसहित ५ वटै प्रदेशमा कांग्रेसको नेतृत्व हुनेछ । केन्द्रमा नेतृत्व गरिरहेको कांग्रेसले ५ वटै प्रदेशमा पनि नेतृत्व पाउनु निकै ठूलो सफलता पनि हो ।

सहमति जस्ताको तस्तै कार्यान्वय भएमा चुनावी समयमा माओवादी भने कुनै पनि प्रदेशको नेतृत्वमा रहने छैन् । सुदूरपश्चिममा पनि माओवादीले एकीकृत समाजवादीलाई नेतृत्व छाड्ने मोटामोटी सहमति गरिसकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक

काठमाडौं । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिबेशनबाट पार्टी केन्द्रीय सदस्यमा १३७ नयाँ अनुहार थपिएका

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरु गत साउन २५ देखि निरन्तर आन्दोलनमा

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला