Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रदेश १ को राजनीति : एमालेको मागबमोजिम नै प्रदेशसभा बैठक स्थगित



काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेश सभा सचिवालयले आइतबार दिउँसो एक सूचना जारी गर्दै कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएको हो ।

प्रदेशको सत्तारुढ नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अनुरोधबमोजिम बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री भीम आचार्यको विश्वासको प्रस्तावमाथि मतदान गर्न भनि आइतबार बोलाइएको बैठक अघि प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण र एमालेले पार्टी महाधिवेशनका कार्यक्रमलाई देखाउँदै बैठक स्थगित गर्न माग गरेका थिए ।

कांग्रेसले एक/दिनको लागि बैठक स्थगित गर्न मागेको थियो भने एमालेले १५ गतेसम्मका लागि बैठक स्थगित गर्न माग गरेका थिए । प्रदेशसभा सचिवालयले एमालेको मागबमोजिम नै १५ गतेसम्मका लागि बैठक स्थगित गरिदिएको छ ।

सम्बन्धित समाचार

मुख्यमन्त्री आचार्यको पदको छिनोफानो हुँदै, के पाउलान् त विश्वासको मत ?

प्रदेश १ को राजनीति : ‘फ्लोर क्रस’ गर्ने सूचना पाएपछि कांग्रेसले गर्‍यो बैठक रोक्न माग

प्रदेश १ को राजनीति : कांग्रेसको निवेदनपछि बैठक रोक्न माग गर्दै एमालेले बुझायो निवेदन


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका