Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रधानन्यायाधीश राणाको दाबी : हमाललाई मन्त्री बनाउन मेरो भूमिका छैन्



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गजेन्द्र हमाललाई मन्त्री बनाउन आफुँले दबाब नदिएको दाबी गरेका छन् । आइतबार नेपाल बार एसोसिएसनका पदाधिकारीहरुसँग उनले यस्तो दाबी गरेका हुन् ।

उनले आफ्नो दोस्रो बिहे भएसँगै हमाल परिवारसँग सम्बन्ध खासै नभएको पनि दाबी गरेका छन् । ‘गजेन्द्र हमालसँग मेरो ससुराली सम्बन्ध २०४१ सम्म थियो, मेरी श्रीमतीको निधन भएपछि अर्को बिहे गरेको हुँ, मैले उनलाई मन्त्री बनाइदिनु भनेर कुनै नेतालाई भनेको छैन, भेटेको छैन,बरु यसबारे मिडियामा समाचार आएपछि गजेन्द्र हमाललाई मन्त्री नबनाइदिनुस् भनेर भनेको हुँ,’ प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै बार महासचिव लीलामणि पौडेलले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो पटक मन्त्रिपरिषद विस्तार गनेृ क्रममा गजेन्द्र हमाललाई उद्योग तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेका थिए । कांग्रेसमा सक्रियसमेत नरहेका हमाललाई अनौठो रुपमा नियुक्त गरिएसँगै राजनीतिक वृत्तमा प्रधानन्यायाधीशको दबाबमा नियुक्ति गरिएको भनि चर्चा चलेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका