Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

के तपाईलाई पनि झनक्क रिस उठ्छ ? यो अवस्य हेर्नुहोस्



रिस मानिसको लागि यस्तो प्रकृति हो जो विभिन्न समयमा परिस्थिति अनुसार उत्पन्न हुन्छ । रिस उठ्नु अरुको लागि राम्रो होस् या नराम्रो तर आफ्नो लागि भने धेरै खतरनाक पनि हुन्छ । रिस मानिसको सबैभन्दा ठूलो शुत्रु मानिन्छ । यदि तपाइलाई रिस उठ्छ भने यसलाई हल्का नसम्झनुहोस् ।

आउनुहोस् समय–समय उठिरहने यस्तो रिसलाई कसरी नियन्त्रण गर्ने भन्ने जानिराखौं ।

यसरी पहिचान गर्नुहोस् रिस–रिसलाई तब नियन्त्रण गर्न सकिन्छ जव यसको पहिचान गर्न सकिन्छ । जो मानिसलाई कुनै कुरा प्राप्त गर्नका लागि तीब्र इच्छा हुन्छ यस्ता व्यक्तिलाई छिटो रिस उठ्ने मनोविज्ञहरु बताउँछन् । उनीहरु छिट्टै धैर्यता गुमाउँछन् । केही मानिसमा धैर्यको कमी, खाना छिटो खानु, मन अनियन्त्रित हुनु, कामकाजका बेला चिडचिडापन आउनु, रिसको बेला आफैलाई नोक्सान पु¥याउनु लगायतका व्यवयहार देखा पर्छन् ।

यसरी राख्नुहोस् रिसलाई नियन्त्रण–रिसलाई नियन्त्रणमा राख्नका लागि यो तरिका धेरै राम्रो तरिका मानिन्छ तर यो गाह्रो पनि हुन्छ । यदि तपाइ चुप बसेर केही बोल्नु भएन भने रिसाउने व्यक्तिका लागि धेरै राम्रो हुन्छ । किन कि, तपाई जति उसको विपरीत बोल्नुहुन्छ य त्यति नै भित्र भित्रै रिसाइरहेको हुन्छ । साथै योग ध्यानको सहाराले पनि रिसलाई नियन्त्रणमा राख्न सकिन्छ । ध्यानले व्यक्तिको जीवन शान्त र संतुलित हुन्छ अनि रिस नियन्त्रणमा आउछ ।
जहाँ लडाइ या रिसको स्थिति बनिरहेको छ त्यहाँबाट तपाई तुरुन्त बाहिरीनुहोस् । यसले व्यर्थको विवाद नहुने र तपाइ रिसाहा व्यक्तिबाट पनि बच्न सक्नुहुन्छ ।

त्यस्तै रिसाएको व्यक्तिको अगाडि बस्नु पर्दा आफ्नो आँखा र कान बन्द गर्नुहोस् । यसले तपाइले विपरित व्यक्तिको कुरा सुन्न पनि सक्नुहुन्न र देख्न पनि सक्नुहुन्छ यसकारण रिसाएको व्यक्ति पनि शान्त बन्छ ।

रिसले शरीरमा नराम्रो असर गर्छ– रिसले शरीरमा नराम्रो असर पार्ने अनुसन्धानकर्ताको भनाई छ ।

अनुसन्धानकर्ताका अनुसार रिसका बेला मस्तिष्कमा यस्तो रसायनिक तत्वको उत्पन्न हुन्छ कि त्यसले शरीरमा नराम्रो असर पार्छ । आँखा रातो हुने तथा मुटु पोलेको महसुस हुन्छ । यसले ब्लप्रेशर बढ्ने र आक्रामक भावना उत्पन्न हुन्छ ।  सोच्ने र सम्झने शक्ति कमजोर हुनुका साथै लगातार रिसाउनाले पाचनतन्त्र पनि कमजोर हुन्छ । यसले कब्जियत, एसिडीटी बढाउने र भोक हराउने हुन्छ । रिसले व्यक्तिलाई राम्रोसँग निद्रा नलाग्ने पनि हुन्छ । यसले पूरै स्वास्थ्यमा नराम्रो असर गर्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका