Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

पत्रकार महासंघ हङकङका अध्यक्ष राईको भिरबाट लडेर मृत्यु



काठमाडौं । नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष किसन राईको भिरबाट लडेर निधन भएको छ ।

आइतवार राति ओखलढुंगाबाट भोजपुर जाने क्रममा खोटाङमा भिरबाट खसेर उनको मृत्यु भएको बताइएको छ ।

भिरबाट खसेर मृत्यु भएको अवस्थामा फेला परेका उनको शवलाई जिल्ला अस्पताल दिक्तेलमा लगेर राखिएको र परिवार आएपछि पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ ।

नेपाल सरकारले दिएको पदक ग्रहण गर्नका लागि हङकङबाट नेपाल आएका उनी आफ्नो पुख्यौली जिल्ला ओखलढुंगाबाट भोजपुर जाने क्रममा राती बाटोमा पिसाब गर्न जाँदा भिरबाट खसेका थिए । ५४ वर्षीय राईको दिक्तेल, रुपाकोट मझुवागढी नगरपालिका ८ को बुवालुङस्थित पङखुखोलामा शब फेला परेको प्रहरी निरीक्षक सागर साहले जानकारी दिएका छन् ।

धरान घर भइ लामोसमयदेखि हङकङमा पत्रकारिता गर्दै आएका राईले झण्डै २ दशकदेखि हङकङबाटै नेपाली भाषाको ‘एभरेष्ट दैनिक पत्रिका’ प्रकाशन गर्दै आएका थिए । राई गैरआवासीय नेपाली संघ हङकङको उपाध्यक्ष, आदिवासी जनजाति महासंघ हङकङको अध्यक्ष तथा विभिन्न नेपाली संघसंस्थामा आवद्ध रहेर सामाजिक कार्यमा आवद्ध रहेका थिए ।

पत्रकार राजेश राईले दुःख व्यक्त गर्दै उनको निधनको खबरले आफु स्तब्ध भएको बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा