Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

एएफसी यू–२३ छनोट अन्तर्गत नेपालले आज इरानको सामना गदैँ



८ कार्तिक, काठमाडौँ । नेपाली युवा राष्ट्रिय फुटबल टोलीले इरानविरुद्ध खेल्दै एएफसी यू–२३ एसियन कप छनोटको यात्रा सुरु गर्दैछ । ताजिकिस्तानमा आजदेखि सुरु हुने छनोट खेलमा निकै बलियो मानिएको टोली इरानविरुद्ध खेल्दै नेपालले छनोट प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो टोलीले उच्च प्रदर्शन गर्ने भन्दै राम्रो नतिजाको आशा राखेका प्री म्याच कन्फरेन्समा बताए ।

उनले विपक्षी टोली बलियोे भए पनि आफ्नो टोलीले नतिजाका लागि सक्दो प्रयास गर्ने बताए । तेइस खेलाडी र १२ अफिसियलसहित ३५ सदस्यीय टोली यसअघि मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको थियो । छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा इरानसँगै आयोजक ताजिकिस्तान र लेबनान छन् । नेपालले आफ्नो दोस्रो खेल कात्तिक ११ गते ताजिकिस्तानसँग खेल्नेछ भने अन्तिम खेल कात्तिक १४ गते लेबनानसँग खेल्नेछ ।

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई विभिन्न ११ समूहमा विभाजन गरेको छ । नेपालले हालसम्म एएफसी यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहीन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको छैन ।

नेपाली यू–२३ टोलीको गोलरक्षकमा अर्पण कार्की, विशाल सुनार र अभिषेक बराल छन् भने डिफेन्डरमा सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, अभिषेक लिम्बू र शिव गुरुङ छन् । त्यसैगरी मिड फिल्डरमा नितिन थापा, सुरज ज्यू ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट तथा रोशन पहारी छन् भने फरवार्डमा मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ र ऋतिककुमार खड्का छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका