Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रधानन्यायाधीशले बोलाएको ‘फूल कोर्ट’ अलपत्र, न्यायाधीशहरु जुटे बेग्लै छलफलमा



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको पूर्णं बैठक (फूल कोर्ट) अलपत्र परेको छ । सर्वोच्चका न्यायाधीशहरु बेग्लै छलफलमा जुटेपछि राणाले बोलाएको फूल कोर्ट अलपत्र परेको हो ।

प्रधानन्यायाधीशले सोमबार दिउँसो साढे १ बजेका लागि फुल कोर्ट बोलाएका थिए ।

फूल कोर्ट बहिस्कार गरेका न्यायाधीशहरुको बैठक न्यायाधीश मीरा खड्काको च्याम्बरमा जारी छ । बैठकमा फूल कोर्ट बहिस्कार गरेका वरिष्ठ न्यायाधीश दीपक कार्कीसहित न्यायाधीशहरु सहभागी छन् ।

यसअघि आइतबार नै न्यायाधीशहरुले राणाले बोलाएको फूल कोर्ट बहिस्कार गर्ने निर्णय गरेका थिए । राणाले बहिस्कार गर्ने निर्णय गरेका मध्ये १३ जना न्यायाधीशलाई सोमबार इजलास तोकेका छन् ।

इजलास तोकिएका न्यायाधीशहरूमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका