Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रचण्ड संकटमा प्रधानन्यायाधीश, के छ उनको विकल्प ?



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा प्रचण्ड संकटमा पुगेका छन् । राणाको भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतका न्यायाधीशहरुबाटै ‘विद्रोह’ भएसँगै उनी संकटमा पुगेका हुन् । राणाले बोलाएको पूर्णं बैठक (फूलकोर्ट) मात्रै होइन् इजलाससमेत न्यायाधीशहरुले बहिस्कार गरेका छन् ।

सोमबारका लागि प्रधान्यायाधीश राणाले सात इजलास तोकेका थिए । राणाले आफुबाहेकको ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर, उनले तोकेको इजलासमा कुनै पनि न्यायाधीश सहभागी छैनन् ।

राणाले सोमबार दिउँसो बोलाएको पूर्णं बैठक (फूलकोर्ट) पनि अलपत्र परेको छ । आफ्नो कमजोरी आलटाल गर्न बैठक बोलाइएको भन्दै यसअघि आइतबार नै न्यायाधीशहरुले जबराले बोलाएको फूलकोर्ट बहिस्कार गर्ने निर्णय गरेका थिए ।

अहिले सर्वोच्चका १४ न्यायाधीशहरुको बेग्लै बैठक जारी छ । न्यायाधीश मिरा खड्को च्याम्बरमा जारी बैठकले प्रधान्यायाधीश राणाको सन्दर्भमा सामूहिक धारणा बनाउने बुझिएको छ ।

प्रधानन्यायाधीशका विरुद्व न्यायाधीशबाट भएको अनौठो विद्रोह

न्यायिक इतिहासमा प्रधानन्यायाधीशविरुद्व न्यायाधीशहरुबाटै यस्तो खालको विद्रोह भएको देखिँदैन् । तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममितिको विषयमा विवाद उठेपछि केही न्यायाधीशहरुले उनले बोलाएको इजलास बहिस्कार गरेका थिए । तर, अहिलेको जस्तो पराजुलीको भूमिकामा प्रश्न उठाएका थिएनन् ।

प्रधानन्यायीश विरुद्वमा एक/दुई जना मात्रै नभई सामूहिक रुपमै न्यायाधीश विद्रोहमा देखिएका छन् । सर्वोच्चमा कार्यरत १९ स्थायी न्यायाधीशमध्ये १४ जना स्पष्टै रुपमा उनीविरुद्वमा छन् । प्रधानन्यायाधीशविरुद्वको अभियानमा सहभागी नभएका ५ न्यायाधीश काठमाडौं बाहिर भएको कारण सहभागी छैनन् ।

राजीनामा बाहेक छैन विकल्प

प्रधानन्यायाधीश राणा निकै ठूलो नैतिक संकटमा छन् । उनले बोलाएको फुलकोर्टलाई एकातिर न्यायाधीशहरुले असफल बनाइदिएका छन् भने सोमबारका लागि तोकिएका सबै इजलास बहिस्कारको कारण अलपत्र भएका छन् ।

न्यायाधीशहरुले प्रष्ट रुपमै मार्ग प्रशस्त गर्नुपर्ने शर्त राखेका छन् । जसमा एक नभई सबै न्यायाधीश सहमत छन् । जुन निकै ठुलो समस्या हो ।

प्रधान्यायाधीश एकातिर आफ्नै सहकर्मीबाट घेरिएका छन् भने अर्कोतिर राजनीतिक वृत्तमा उनको भूमिकामाथि प्रश्न उठाउँदै महाभियोग लगाउने विषय पनि उठेको छ । यस्तोमा उनीसँग सबैभन्दा राम्रो विकल्प पदबाट राजीनामा दिने रहेको देखिन्छ ।

कतिपय कानूनविद् अन्य न्यायाधीशका लागि मार्ग प्रशस्त गर्दैै बिदामा बस्ने, आफुसँग जोडिएका सबै मुद्दाको सुनुवाई नभएसम्मका लागि बिदामा बस्ने वा राजीनामा दिने विकल्प सुझाउँछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा