back

यी हुन् राष्ट्र बैंकलाई नटेर्ने आठ वाणिज्य बैंक, परे यस्तो कारबाहीमा

वि.सं.२०७८ कात्तिक ८ सोमवार

219 

shares
NTC AD
Global IME AD

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो निर्देशन उल्लंघन गर्ने विभिन्न आठ वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । तोकिएको अनिवार्य न्यूनतम नगद मौज्दात नगरेको पाइएसँगै अधिकांश बैंकहरुमाथि केन्द्रीय बैंकले कारबाही गरेको हो ।

अनिवार्य न्यूनतम नगद मौज्दात नगरी कारबाहीमा पर्ने बैंकहरुमा नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंक रहेका छन् । तिनीहरुमध्ये हिमालय बैंकले मात्र गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमास (वैशाख–असार)मा मात्र दुई पटक गरि रु. ३० हजार जरिवाना तिरेको छ । त्यस्तै नेपाल बंगलादेश बैंकले पनि ३० हजार ३ सय २४ रुपैंयाँ जरिवाना तिरेको छ भने प्रभु बैंकले ३५ हजार ६ सय ९५ रुपैंयाँ जरिवाना तिरेको छ ।

गत आर्थिक बर्षमा पहिलो र दोस्रो त्रैमास (साउन–पुष)मा सम्पत्ती शुद्धिकरण ऐन उल्लंघन गरेको कारण लक्ष्मी बैंकले २० लाख रुपैयाँ जरिवाना तिरेको छ । त्यस्तै प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रबाह नगरेको कारण स्ट्यान्डर्ड चार्टर्ड बैंकले रु ५७ लाख ८४ हजार ६ सय १७ रुपैंयाँ जरिवाना तिरेको छ ।

पहिलो र दोस्रो त्रैमासमा विभिन्न निर्देशनहरुको अवज्ञा गरेका कारण स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमइ बैंक तथा सरकारी स्वामित्वमा रहेको एक मात्र बैंक राष्ट्रिय वाणिज्य बैंकलाई राष्ट्र बैंकले सचेत गराएको छ ।

तेस्रो त्रैंमास (माघ–चैत्र)मा सम्पत्ती शुद्धिकरण ऐन उल्लंघन गरेको विषयमा सिभिल बैंक कारबाहीमा परेको छ । सो बैंकले रु. १० लाख जरिवाना तिरेको छ भने बैंकका ऋणीसँग अप्रत्यक्ष करोबार गरेका कारण अध्यक्ष इच्छा राज तामाङ्लाई नसीहत दिईएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै सोही त्रैमासमा बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन बिपरित बैंक र प्रभु मनि ट्रान्फरबिच कारोबार भएको पाईएकोले बैंकका तत्कालिन अध्यक्ष देवीप्रकास भट्टचन, सिईओलगायत ७ जना सञ्चलकलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

हेनुहोस् कुन बैंकलाई कस्तो कारबाही ?

No description available.No description available.

No description available.No description available.

 

 

वि.सं.२०७८ कात्तिक ८ सोमवार १५:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...