Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रवासी नेपाली एकता मंच अमेरिकाले पठायो हिकारुमार्फत् रामेछापमा सहयोग



अमेरिका । प्रवासी नेपाली एकता मंच अमेरिकाले कोरोना सम्वन्धि समस्या लगायत अन्य स्वास्थ्य समस्याहरुमा नेपालका विभिन्न स्थानहरुमा सहयोग गर्ने क्रममा रामेछापको दोरम्बा गाउँपालिकामा पनि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

May be an image of 6 people, people standing and outdoors

मन्चले पालिकामा रहेको स्वास्थ्य चौकीमा दुइथान एसी जडान गर्नुका साथै सुनापति गाउँपालिकाको १ र २ नम्बर वडामा अक्सिजन कन्सनट्रेटर समेत प्रदान गरको छ ।

मन्चकी नेतृ सरिता चौलागाईंका स्वर्गीय सुपुत्र हिकारू गौतमको सम्झना र सम्मानमा विभिन्न सामाजिक कामगर्ने लक्ष्यसहित स्थापित हिकारू फाउन्डेसन संगको सहकार्यमा उल्लेखित सहयोग हस्तान्तरण गरेको बताइएको छ ।

मंचले कोरोना महामारीको दौरानमा अमेरिकाका विभिन्न सहरहरुमा नेपाली समुदायहरुलाइ आवश्यकता अनुसार खाधान्न र औषधिहरु वितरण गर्नुको साथै नेपालमा रौतहट लगायत जिल्लाहरुमा सहायता गरिसकेको छ भने हिकारू फाउन्डेसनले स्थापनाको छोटो समयमै पनि विभिन्न सामाजिक सेवाका कामहरु गर्दै आएको छ ।

May be an image of 2 people and people standing

केहि समय अगाडी मात्रै पनि हिकारू गौतमको जन्म दिन पारेर फाउन्डेसनले बारा जिल्लाको निजगढ गाउँ पालिकामा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाइ स्कुल जान सहज होस् भनेर साइकल तथा पढाइमा सहयोग होस् भनेर नगद समेत हस्तान्तरण गरेको थियो ।

रामेछापमा स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण गर्न हिकारु फाउन्डेसनका अध्यक्ष, हिकारू गौतमका हजुरबुवा, पूर्वमन्त्री एवं बामपन्थी नेता कमल चौलागाई तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
रामेछापमा आवश्यक स्वास्थ्य सामाग्री प्रदान गर्ने निर्णय गर्नुको अलावा त्यस कार्यको लागि फाउन्डेसनलाइ जिम्मा दिइएकोमा प्रवासी नेपाली एकता मंच अमेरिकाका अध्यक्ष टेक गुरुङ लगायतको टिमप्रति फाउन्डेसनका अध्यक्ष कमल चौलागाईंले आभार व्यक्त गरेका छन् ।

मंचका अध्यक्ष टेक गुरुङले पनि आफ्नो संस्थाले गरेको सहयोगलाइ सहि ठाउँमा पुर्याउन भूमिका खेलिदिएकोमा कमल चौलागाईं र समग्र हिकारू फाउन्डेशनप्रति सँस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका