Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

मोनाको अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा अमर छन्त्याल



काठमाडौं । म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) को अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा अमर छन्त्याललाई निर्विरोध निर्वाचित भएका छन् ।

कार्तिक २ गते म्याग्दीको बेनीमा सम्पन्न मोनाको चौथो महाधिवेशनले गुर्जा घरभई हाल अमेरिकामा रहेका छन्त्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

निर्वाचन मण्डलका संयोजक सुवास कुमार श्रेष्ठका अनुसार समितिको वरिष्ठ उपाध्यक्ष डदिवल खड्का (जापान), उपाध्यक्षहरू सुर्य भट्टचन (पोर्चुगल), जंग वहादुर पुन (युके), नन्द गर्वुजा (युएई), महिला उपाध्यक्ष पुर्णिमा पाईजा (हङकङ), महासचिव हरि रामजालि (अष्ट्रेलिया), सचिव सुनेश केसी (दक्षिण कोरिया), र विष्णु बरूवाल सुवोध (साउदि) निर्वाचित भएका छन् ।

यस्तै समितिको प्रवक्तामा हिक्मत श्रेष्ठ, कोषाध्यक्षमा महेन्द्र खड्का (जापान) निर्वाचित भएका छन् ।

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा ब्यबसाय संचालन गर्दै आएका छन्त्याल एनआरएनए अमेरिकाका पूर्व बोर्ड अफ डाइरेक्टर र म्याग्दी समाज अमेरिकाको पूर्वअध्यक्ष समेत हुन् ।

3.jpg

2.jpg


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका