Logo
११ मंसिर २०७८, शनिबार
     Sat Nov 27 2021
E-paper
  English Edition
   Unicode
Logo

गृहकाे आग्रह – ‘परिचयपत्र विना कसैलाई भाडामा नराख्नु’



काठमाडौँ । गृहमन्त्रालयले परिचयपत्र विना कसैलाई पनि भाडामा नराख्न आग्रह गरेको छ ।

विदेशी नागरिक सीमा नाकाबाट घूसपैठ गरी नेपाल आएर बस्न थालेपछि सरकारले पहिचान खुल्ने आधिकारिक परिचयपत्र बिनाका कसैलाई पनि घर/कोठा/अपार्टमेन्ट भाडामा नदिन सार्वजनिक रुपमै आग्रह गरेको हो ।

गृहद्वारा जारी विज्ञप्तिमा ‘पछिल्ला केही दिनका घटनाहरुबाट कतिपय विदेशी नागरिक परिचयपत्र लुकाई अनाधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिहरुलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भााडामा नदिन’ आग्रह गरिएको छ । साथै परिचयपत्र विनाका त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउनसमेत अनुरोध गरेको छ ।

पहिचान नखुलेका विदेशी नागरिक देखिए भेटिएमा पनि नजिकैको प्रहरी चौकीमा खबर गरिदिनसमेत गृहले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

सोमबार  भारतको बाटो हुँदै भैरहवाबाट काठमाडौं ‘शरणाथी’ बनेर लुकिछिपी बसेका ११ जना अफगान नागरिक पक्राउ परेका थिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भोर्ले । नेपाली काँग्रेस पर्वतको सभापतिमा यूवराज जोशी विजयी भएका छन । जोशीले प्रतिद्धन्दि

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.अम, मेडिकल पद र अमल्दार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन्

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका