Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

पुनर्बीमा कम्पनी कम्पनीको संचालक समितिको अध्यक्षमा रविन्द्र घिमिरे नियुक्त



काठमाडौँ । सरकारले सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी लिमिटेड सञ्चालक समितिको अध्यक्षमा डा.रविन्द्र घिमिरेलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई पुनर्बीमा कम्पनी लिमिटेड सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनी पोखरा विश्वविद्यालय स्कूल अफ विजनेशका प्राध्यापक हुन् । भारतको बनारसमा रहेको हिन्दु विश्वविद्यलयबाट बीमा तथा जोखिम व्यवस्थापनमा विद्यावारिधी गरेका घिमिरे बिमा विषयमा राम्रो जानकार भएका व्यक्ति हुन् ।

कम्पनीको सदस्यमा मदन पोखरेललाई नियुक्त गरेको छ । पोखरेल मिनभवन क्याम्पसमा अध्यापन गराइरहेका व्यक्ति हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा