Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं । ज्यानसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी बेलाडाँडी गाउँपालिका–४ का २६ वर्षीय मानबहादुर शाहीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार शाहीलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

कञ्चनपुर जिल्ला अदालतको विसं २०७६ माघ १२ को फैसलाअनुसार शाहीलाई छ महिना कैद र रु २० हजार जरिवाना ठहर गरेको थियो । अदालतबाट कैद र जरिवाना ठहर भएपछि शाही फरार थिए । पक्राउ परेका शाहीलाई प्रहरीले अदालतमा पेश गरी कैदी पूर्जी जारी गरी कैद भुक्तानका लागि कारागार चलान गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट