back
CTIZAN AD

  “प्रचन्डले सीतालाई छातैछाताले कुटे”

वि.सं.२०७३ फागुन २० शुक्रवार

816 

shares

aasare kakaपार्टीका निर्णय लागू गराउन आफ्नी श्रीमती सीता दाहाललाई कमरेड प्रचन्डले कुटपिटसम्म गर्नुपरेको थियो । सीता दाहाल डाँको छोड्दै हारगुहार माग्दै आउनुभएको थियो । यो उहाँहरुको गाउँ चितवन भीमसेननगरको कुरा थियो । कमरेड प्रचन्डले कमरेड सीता दाहाललाई छातैछाताले हिर्काउनु भएछ । त्यो कुरा सुनेर हामीहरु पनि अचम्मित भएका थियौँ । कुरा के रहेछ भने हाम्रो पार्टिले आफ्नो निजी सम्पत्तिबाट जनयुद्धको तयारीलाई रकम दिने कुरासँग जोडिएको रहेछ । कमरेड प्रचन्डको जिम्मामा आठ हजार रुपियाँ थियो । उहाँको उक्त रकम बुझाउने अर्को स्रोत थिएन । आखिरीमा कमरेड प्रचन्डले कमरेड सीतासँग एककठ्ठा जमिन बिक्री गर्ने प्रस्ताव राखेपछि यो रडाको मच्चिएको रहेछ ।
त्यतिखेर प्रचन्डले भन्नुभएको थियो कि मैले पार्टी छोड्ने कि उनलाई छोड्ने भन्ने प्रश्नमा म पार्टी छोड्न सक्तिनँ भन्नुभएको थियो । हामीहरु पनि पार्टीको आन्तरिक काममा त्यही गाउँमा रहेछौँ क्यार ।

खम्बसिंह कुँवर ‘काजीसाब’, कमरेड नारायण दाहाल र म पनि त्यही गाउँमा थियौँ । हामीलाई समस्या परिहाल्यो । आफ्नो नेताको घरपरिवारको झगडा समाधान गर्नु थियो । आन्तरिक रुपमा समाधान गर्न हामीहरु पनि लाग्यौँ । पार्टीलाई निकै नै तरङ्गित बनाइहाल्यो ।

प्रचन्ड र सीता दाहाललाई राखेर समस्या समाधान गर्ने काम भयो । आखिरी पार्टीको निर्णय लागू गर्ने कुरालाई त्यो स्तरमा कमरेड प्रचन्ड उत्रिनु हुनुहुन्थेन । सीताले पनि आफ्नो कमजोरीलाई स्वीकार्नुपर्दछ । अर्थात कमरेड प्रचन्डको सो जग्गामा हक त छ । हामीले त्यतिखेर भन्यौँ कि नेतृत्व भएर त्यस्तो उत्तेजित हुनु हुँदैनथ्यो । त्यो समस्या मेलमिलापमा समाधान ग¥यौँ । दुबै तर्फबाट आत्मालोचना पनि भयो ।

कमरेड प्रचन्ड पार्टी र क्रान्तिका लागि जुनसुकै व्यवधान, वाधा आइपरे पनि समाधान गर्ने कमरेड आजको स्थितिमा आउँदा पहिलेको प्रचन्ड रहनुभएन । जनयुद्धको पहलकर्ता प्रचन्ड हुनुहुन्थ्यो भने शान्ति प्रक्रियामा आएपछि संसद्वादमा चुर्लुम्म डुब्ने प्रचन्ड, आखिरी अवस्थामा आउँदा जनयुद्धको नायक, पछि खलनायकमा परिणत भएको कुरा नाङ्गो आँखाले देख्नुपरेको छ ।

निराशा र कुण्ठाले आफ्नो महान् लक्ष्यमा पुग्न सकिँदैन । विश्व सर्वहारावर्गका प्रतिनिधिहरुले त्यो प्रवृत्तिका विरुद्ध नलडी आफ्नो लक्ष्य नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादमा पुग्न निरन्तर लडिरहनुपर्दछ ।
ईश्वरी प्रसाद दाहाल “असारे” काकाको आत्मजीवनी ‘संघर्षका पाइला’बाट लिइएको ।

वि.सं.२०७३ फागुन २० शुक्रवार ०५:४७ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...