Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

खाङ्तेका हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता



काठमाडौं । जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन् । उनीहरु ६ दिनदेखि बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार बेपत्ता हुनेमा फ्रान्सेली नागरिक थोमस, गाब्रियल र लुइस छन् । उनीहरु आठ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपिडीशन प्रालिमार्फत गत असोज १८ खाङतेका हिमाल आरोहणका लागि गएका थिए । तीनै जना यही कात्तिक ९ गतेदेखि सम्पर्कविहीन बनेपछि खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजीका लागि सोमबारदेखि कैलाश एयरको हेलिकोप्टर प्रयोग गरिएको छ । एउटै समूहमा गएकामध्ये अन्य पाँच जना भने सम्पर्कमा आएको कम्पनीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा