Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

राजस्व अनुसन्धान विभागद्वारा दुई अर्ब बढी राजस्व छलीका मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छली गरेको अभियोगसहित विभिन्न कम्पनी त्यसका सञ्चालक तथा अन्य व्यवसायीविरुद्ध १७ वटा मुद्दा दर्ता गरेको छ ।

विभागले आज एक सूचना जारी गरी ती कम्पनी र व्यवसायीविरुद्ध रु दुई अर्ब ३६ करोड बढी बिगो कायम गरी मुद्दा दर्ता गरेको जनाएको छ । विभिन्न मितिमा दायर मुद्दामा झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा ती फर्मका सञ्चालक, प्रोप्राइटर तथा मुख्य अभियुक्तबाट रु दुई अर्ब ३६ करोड ४५ लाख बिगो असुलउपर गरी जरिवाना र कैद सजायको माग गरिएको छ । सबै मुद्दा उच्च अदालत पाटनमा दर्ता गरिएको जनाइएको छ ।

विभागका अनुसार यसरी प्रतिवादी बनाइएकामा सङ्ग्रिला ट्रेड एण्ड सप्लायर्स, महालक्ष्मी ट्रेड कन्सर्न, चन्दन सप्लायर्स, हनुमान सप्लायर्स, डिलाइट इन्टरप्राइजेज प्रालि, जिएम इम्पोर्ट एण्ड एक्सपोर्ट, पिआर निर्माण सेवा, डिएन इन्टरनेशनल, हिमालयन नेपाल सप्लायर्स, श्रीआरपी ट्रेडर्स, इन्फ्राटेक प्रालि, शाकीर अली, नितिश इम्पेक्स, मोर्गन ट्रेड लिङ्क, राइज अटो ट्रेड प्रालि. रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा