back

अष्ट्रियामा पनि देउसी भैलो खेलेर तिहार मनाइयो

वि.सं.२०७८ कात्तिक २३ मंगलवार

96 

shares
NTC AD
Global IME AD

मनि थेबे, भियना । एनआरएनए अष्ट्रियाको आयोजनामा देउसी भैलो खेलेर भव्यरुपमा तिहार मनाईएको छ ।
एनआरएनए अष्ट्रियाको आयोजनामा अष्ट्रियामा पहिलोपटक लक्ष्मी पूजा तथा देउसी भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न गरिएको हो ।

संघका कार्यसमिति सदस्य जपन राईको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा देउसी नृत्यतर्फको संयोजन महिला संयोजक प्रतिभा कार्कीले गरेकी थिइन् । साथै तिहारमा देउसी खेल्ने नेपाली परम्परा अनुसार ज्येष्ठ गैरआवासीय नेपाली तथा नेपाली संस्था ‘आना’ अध्यक्ष हरि कुमार राणाको घर, नेसास अष्ट्रिया अध्यक्ष मन्जु खड्काको घर र भियनामा पुरानो तथा स्थापित नेपाली रेस्टुरेन्ट याक एण्ड यतीमा एनआरएनए अष्ट्रियाको टोलीले विधिवत रुपमा देउसी खेल्ने कार्य सम्पन्न गरेको हो ।

याक एण्ड यति रेष्टुरेन्टमा उपस्थित पाहुनाहरुलाई नेपालीहरुको चाड ‘तिहार’ बारे जानकारी दिँदै देउसी खेलिएको थियो भने पाहुनाहरुले खुसी हुँदै देउसीमा साथ् दिएका थिए ।

नृत्यतर्फको संयोजन गरेकी कार्की स्वयम्ले नृत्य गरेको उक्त देउसी भैलो कार्यक्रममा देउसी भैलो कार्यक्रम २०७८ संयोजक जपन राई, बाल कलाकारहरु निहारिका खड्का र बेला खड्का समेत रहेका थिए ।

सोहि साँझ माइडलिङ्गस्थित हलमा सबै नेपालीहरुको निम्ति जमघट तथा लक्ष्मी पूजा कार्यक्रमको व्यवस्था समेत गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाली राजदूतावास भियनाका प्रतिनिधि योव राज लामा, नेसास अष्ट्रिया अध्यक्ष मन्जु खड्का, नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रिया अध्यक्ष स्वेता बज्राचार्य, स्पोर्ट क्लव भियना सगरमाथाका उपाध्यक्ष लक्ष्मण भुजेलको विशेष उपस्थिति तथा एनआरएनए अष्ट्रियाका पदाधिकारीहरु लगायत गैरआवासीय नेपालीहरुको भब्य उपस्थिति रहेको थियो ।

कार्यसमिति सदस्य सन्तोष भेटवालद्वारा मिठो भाकामा देउसी भैलो भट्याउँदा सबैले भरपुर मनोरन्जन गरेका थिए । कार्यक्रममा उपस्थित सबैले धेरै रमाईलो भएको र मातृभूमि नेपालमा नै भए झैं अनुभूति भएको प्रतिकृया दिएका थिए ।


क्षेत्रीय समन्वय समिति साल्ज्वर्गले पनि तिहार मनायो
एनआरएनए क्षेत्रीय समन्वय परिषद साल्ज्वर्गले पनि एनआरएनए अष्ट्रिया अध्यक्ष भवानी तिवारीको प्रमुख आतिथ्यतामा भब्यरुपमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

क्षेत्रिय समन्वय परिषद साल्ज्वर्ग अध्यक्ष शिव खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अष्ट्रियाको बिभिन्न क्षेत्रबाट नेपालीहरु साथै अष्ट्रियन नागरिकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा देउसी नृत्य र साल्ज्वर्ग नेपाली ब्याण्डको प्रस्तुतिमा उपस्थित सबैले नाचेर भरपुर मनोरन्जन ग गरेका थिए ।

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १०:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...