Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

भोकको कहरमा अफगानिस्तान : मानिसहरू खुलेआम बेचिरहेका छन् आफ्ना सन्तान



काठमाडौं । हेरात सहरबाट बाहिर निस्किँदा, भीडभाड भएका सडकहरूपछि हामीले लामो र खाली राजमार्ग भेट्टायौं। हामीले पार गरेका दुई तालिबान पोष्टहरूले हामीलाई अहिले अफगानिस्तानमा कसले शासन गरिरहेको छ भनेर बताइरहेका थिए।

पहिलो पोष्टमा भेटेका लडाकुहरू मित्रवत थिए। तर तिनीहरूले हाम्रा कारहरू र त्यहाँको संस्कृति मन्त्रालयबाट प्राप्त अनुमतिहरू राम्ररी जाँच गरे। जब हामी निस्कन थाल्यौं, काँधमा अस्ल्ट राइफल झुण्ड्याइएको एक व्यक्तिले मुस्कानका साथ भने, ‘तालिबानसँग नडराऊ। हामी असल मान्छे हौं।’

दोस्रो पोष्टमा गार्डहरू, अलि फरक थिए स् चिसो र अलि खतरनाक । तर, हामीले चाँडै चेकपोइन्टबाट छुटकारा पायौं, तर हामीलाई चेतावनी जस्तो लाग्ने बयानको साथ। उनले भनेका थिए, ‘हाम्रो बारेमा राम्रा कुरा लेख्नुपर्छ भन्ने निर्णय हुन्छ ।’

अफ़ग़ानिस्तान, बच्ची

एक बच्चाको मुल्य ६५ हजार

हेरातबाट करिब १५ किलोमिटर पर, हामी खैरो, माटो र इँटाले बनेको एउटा ठूलो बस्तीमा पुग्यौं। वर्षौंको लडाई र खडेरीबाट विस्थापित, धेरै मानिसहरू काम र सुरक्षा खोज्न टाढा–टाढाबाट आफ्नो घर छाडेर यहाँ आएका थिए ।

हामी त्यहाँ मानिसहरूले वास्तवमा आफ्नो गरिबीको कारण आफ्ना छोराछोरी बेचिरहेका छन् कि छैनन् भनेर बुझ्न गएका थियौं । जब मैले पहिलो पटक यसको बारेमा सुने, मैले आफैलाई सोचेंस् पक्कै पनि त्यहाँ केहि यस्ता घटनाहरू हुनेछन्। तर हामीले पाएको कुराको लागि म पूर्णतया विश्वस्त थिएनौं।

हामी त्यहाँ पुगेको केही समय पछि, एक व्यक्तिले हाम्रो टोलीका सदस्यलाई सीधै सोधे, बच्चाहरू मध्ये कुनै किन्ने हो कि भनेर। त्यसको बदलामा उनले ९ सय डलर मागेका थिए । त्यसमा मेरो सहकर्मीले उनलाई आफ्नो बच्चा किन बेच्न चाहनुहुन्छ ? भनेर सोधे। ती व्यक्तिले आफ्नो थप ८ बच्चाहरू भएको तर उनीहरूलाई खुवाउने खाना नभएको बताए ।

बच्चा बेचेर खाना जुटाउन बाध्यता

हामी केही अगाडी बढेका मात्र थियौं, एक महिला एक बच्ची च्यापेर आइन । उनी हतार–हतार हामीसँग कुरा गरिरहेकी थिइन् । हाम्रा अनुवादकले बताएअनुसार पैसाको अत्यावश्यक भएका कारण उनले यसअघि नै डेढ वर्षको धर्मपुत्र बच्चा बेचिसकेकी थिइन् ।

हामीले उहाँलाई अरू केही सोध्न खोजिरहेका थियौं, हाम्रो वरिपरि केही भीडका जम्मा भयो । भीडबाटबाट एक युवकले आफ्नी १३ महिनाकी भान्जी बेचेको बताए । ती युवकले बताएअनुसार घोर प्रान्तको एक एक व्यक्ति धेरै टाढाबाट आएर उक्त बच्ची किनेको थियो । छोरी लैजानले बच्ची हुर्किएपछि आफ्नो छोरासँग विवाह गर्ने बताएको थियो ।

यी बालबालिकाको भविष्यका बारेमा निश्चित रुपमा कसैले पनि बताउन सक्दैनन् ।

अफ़ग़ानिस्तान, बच्ची

एउटा घरमा हामीले ६ महिनाकी छोरी झोलुङ्गामा सुतिरहेको देख्यौँ । थाहा भयो कि जब उनी ब्यूँझिनेछिन् खरिद गरिसकेका व्यक्ति उनलाई लैजाने छन् । उनका आमाबाबुका अन्य तीन बच्चाहरू पनि रहेछन् ।

उनीहरुको पूरै परिवार खाना नपाएर धेरै दिन भोकै बस्नु परेको रहेछ । यी बालिकाका बुबाले फोहोर जम्मा गरेर गुजारा चलाउँदै आएका थिए । उनले हामीसँग भने, ‘अझै धेरै दिन म केहि कमाउन सक्दिन। कमाई हुँदा हामी छ/सात वटा रोटी किन्थ्यौं र आपसमा बाँडेर खान्थ्यौं । मेरी पत्नी छोरी बेच्ने निर्णयमा सहमत छैनन् । यसको कारण उनी हैरानी छिन् तर, म लाचार छु । जिउन कुनै बाटो छैन ।’

म उनकी श्रीमतीको आँखा कहिल्यै भुल्ने छैन। उहाँमा क्रोध र असहायता दुवै देखिएको थियो। बच्चा बेचेर उनीहरूले पाउने पैसाले उनीहरूलाई बाँच्न मद्दत गर्दथो । उनीहरुलाई केही महिनासम्म जिउँदो रहन सहयोग गर्दैथ्यो ।

हामी त्यहाँबाट निस्किने बित्तिकै अर्की महिला हामीकहाँ आइन्, पैसा देखाउँदै उनी आफ्ना छोराछोरीलाई त्यहाँ सुम्पन तयार भइन् ।

अफ़ग़ानिस्तान

‘यस्तो हालत होला भन्ने कल्पना गरेका थिएनौं’

हामीलाई लागेको थिएन कि त्यहाँ यति धेरै परिवार आफ्ना छोराछोरी बेच्न तयार होलान भनेर । त्यहाँको अवस्था पछि हामीले संयुक्त राष्ट्र संघको बाल संस्था युनिसेफलाई सम्पर्क गर्यौं। उनीहरुले यस्ता परिवारहरु सम्म पुगेर सहयोग गर्ने बाचा पनि गरे ।

अफगानिस्तानको अर्थतन्त्र विदेशी कोषबाट चलेको छ। अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि आर्थिक स्रोतहरू अवरुद्ध भएका छन् । अर्थात् सरकारी कर्मचारीको तलब होस् वा सरकारी विकासका काम सबै प्रकारका सरकारी खर्च ठप्प छन् । यसले अर्थतन्त्रको तल्लो भागका मानिसहरूका लागि विनाशकारी अवस्था सिर्जना गरेको छ ।

मानवअधिकारको रक्षाको ग्यारेन्टी बिना र पैसा कसरी खर्च हुन्छ भन्ने यकिन नभई तालिबानलाई सहयोग गर्नु झनै खतनाक छ । तर, तर समस्याको समाधान नहुँदा हरेक दिन अफगानी जनता भोकमरी तर्फ जान बाध्य छन् । हेरातमा हामीले देखेको कुराबाट स्पष्ट छ कि अफगानिस्तानका लाखौं मानिसहरू बाहिरी सहयोग बिना यो जाडो मौसम बिताउन सक्षम हुनेछैनन्।

(योगिता लिमयेले बीबीसी हिन्दीका लागि तयार गरेकाे रिपाेर्ट अनुवाद गरि साभार गरिएको हो ।)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा