back

कर्णाली भेगको कथामा ‘बुलाकी’

वि.सं.२०७८ कात्तिक ३० मंगलवार

135 

shares
NTC AD
Global IME AD

काठमाडौं । तिहार लगतै छायांकन सुरु गरिएको ‘बुलाकी’ फिल्मको ३५ प्रतिशत दृश्य खिचि सकिएको जनाइएको छ । डोल्पा जिल्लाको त्रिपुरा नगरपालिकाको सु गाउँ, लहरालगायतका स्थानमा छायांकन भइरहेको फिल्मका लागि तिहार अघि नै युनीट काठमाडौंबाट डोल्पा पुगेको थियो ।

छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा मोति बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरिरहेका छन् । फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, नवअभिनेता बिराज बिष्ट,प्रकाश कँडेल,सरस्वती खत्रीलगायतका कलाकार प्रमुख भूमिकामा छन् ।

इन्टरनेट तथा मोबाइल टावरको प्रचुर ब्यबस्था नभएको स्थानहरुमा छायांकन भइरहेकाले आफूहरु अर्कै दुनीयाँमा पुगेजस्तो महसुस भइरहेको अनुभव नवअभिनेता बिराजले सुनाएका छन् । ‘यहाँ न नेट छ, न मोबाइल टिप्छ,’ आफू सुगम स्थानमा आएको मौका छोपी फोन गरेको बताउँदै उनले भने,‘हामीहरु अर्कै दुनीयाँमा आएजस्तो महसुस भइरहेको छ ।’

अभिनेत्री सुरक्षाले केही दिनअघि भौगीलिक, सामाजीक तथा प्राकृतिक हिसावले बेग्लै स्थानमा त्यहाँका बासिन्दा जसरी बाँच्दाको अनुभूति फेसबुकमा पोस्ट गरेकी थिइन् । उनले धेरै कुरा लेख्न मन लागे तापनि नेट नहुदाँ असमर्थ भएको उल्लेख गरेकी थिइन् ।
कर्णाली भेगको मौलिक कथामा निर्माण भइरहेको फिल्मको छायांकार शिब ढकाल हुन् ।

से-फोक्सोन्डो तालमा समेत खिचिने फिल्ममा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी,झलनाथ खत्री, उपासना वाइवा,सोनु सेढाइ,धनबहादुर राई,कमल गाउँले,अमीत परियारलगायतको पनि अभिनय छ । सौगता कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ का गीतमा गोबिन्द मधुर आचार्य,श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ । फिल्मको पूरा छायांकन सकिन अझै दुई साता जति लाग्ने बताइएको छ ।

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १५:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका फस्र्ट रनअरप चर्चित गायक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...