Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

विप्लवको बन्दलाई देखाउँदै एमाले सांसदहरु उपस्थित नभएपछि…



काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को बहिस्कारका कारण स्थगित भएको हो ।

एमालेका सांसदहरु नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आयोजना गरेको बन्दलाई देखाउँदै उपस्थित हुन अस्वीकार गरेका थिए । एमालेका सांसदहरु उपस्थित नभएपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरिएको जानकारी दिएका थिए । उनले प्रमुख प्रतिपक्षीका एक जना पनि सांसद उपस्थित नहुँदा बैठक सञ्चालन गर्नु उपयुक्त नहुने बताएका थिए ।

सभामुख भण्डारीले बैठक मंसिर १ गते बिहान ११ः३० बजेका लागि बोलाएका छन् । उनले बुधबारको बैठकमा उपस्थित हुन प्रतिपक्षीका सांसदलाई निर्देशन नै दिएका छन् ।

एमालेको बहिस्कारलाई लिएर बैठक स्थगित गरिएको प्रति सत्तारुढ गठबन्धनले आपत्ति जनाएको छ । गठबन्धनले सभामुख एमालेको कार्यकर्ता जस्तो भएको आरोप लगाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा