Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

महात्मा गान्धी नेता नभई जोगी हो भनेपछि…



काठमाडौ । एकपछि अर्को विवादास्पद बयानका कारण चर्चामा आउने अभिनेत्री कंगना रनौत फेरी एउटा ठूलो समस्यामा फसेकी छिन् । अब कांग्रेसले महात्मा गान्धीमाथि गरेको टिप्पणीविरुद्व कानुनी कारबाही नै गर्ने चेतावनी दिएको छ ।

महाराष्ट्र कांग्रेसका अध्यक्ष नाना पटोलेले अभिनेत्री कंगना रनौतले राष्ट्रपिता महात्मा गान्धीविरुद्ध असह्य र अपमानजनक टिप्पणी गरेको बताएका छन्। उनले महाराष्ट्र कांग्रेसले अभिनेत्री विरुद्ध मुम्बई पुलिसमा मुद्दा दायर गर्ने बताए।

के भनेकी थिइन् कंगनाले ?

वास्तवमा, बलिउड अभिनेत्री कंगना रनौतले महात्मा गान्धीलाई लिएर विवादास्पद टिप्पणी गरेकी थिइन् । उनले भनेका एउटा व्यक्ति गान्थीको फ्यान र समर्थक दुवै हुन नसक्ने बताएकी थिइन् ।

‘तपाई गान्धीको प्रशंसक बन्न सक्नुहुन्छ वा नेताजीको समर्थक बन्न सक्नुहुन्छ तर, तपाई दुवैको समर्थक हुन सक्नुहुन्न’, उनले भनेकी थिइन् ।

गान्धीको कारण भारत स्वतन्त्र नभएको तर्क कंगनाको छ । उनले भनेकी छिन्, ‘दोस्रो गाला दिँदा दान मात्र मिल्छ, स्वतन्त्रता होइन, त्यसैले बुद्धिमानीपूर्वक आफ्नो नायक छान्नुहोस् ।’

महात्मा गान्धीमाथि विवादास्पद टिप्पणी गर्नुअघि कंगना रनौतले पनि भारतको स्वतन्त्रताबारे विवादास्पद टिप्पणी गरेकी थिइन् । उनले सन् १९४७ मा भारतले स्वतन्त्रता नपाएको, वास्तविक स्वतन्त्रता सन् २०१४ मा पाएको बताएकी थिइन् । उनले तत्कालिन समय भीख मात्रै पाएको बताएकी थिइन् ।

अभिनेत्रीको यस्तो भनाइपछि उनलाई कारबाहीको माग भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा