Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

ट्र्याक्टर दुर्घटनाः दुईको मृत्यु,२० घाइते



धनुषा । ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति विदेह नगरपालिका–७ बेलापट्टी सडकखण्डमा नम्बर नपरेको (अनटेष्ट) ट्र्याक्टर पल्टिएको हो । सो दुर्घटनामा परी भारतको विहार राज्य सितामढीका ६० वर्षीय रामदयाल राय यादव र ४५ वर्षीया अम्बिका देवीको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार भारतबाट कमलाको मेला हेर्न आइरहेको ट्र्याक्टर अभरटेक गर्ने क्रममा दुर्घटनामा परेको हो ।

उनीहरू धनुषा र सिरहाको सीमामा पर्ने कमलाखोलाको भूत मेला हेर्न तथा स्नानका लागि आउँदै थिए । घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनीहरु सबै भारतीय छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा