Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

महाधिवेशनबाट बढारिने देखेपछि बादलको प्रस्ताव : ६०/४० लागु गरौं, प्रतिस्पर्धा रोकौं



काठमाडौं । महाधिवेशनबाट चयन हुने नेतृत्वमा ६०/४० को अवधारणा लागु गर्न पुर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव गरेका छन् । स्वतन्त्र निर्वाचन प्रणालीमा जाँदा पुर्वमाओवादी समूह र १० बुँदे समूह ‘क्लिन स्विप’ हुने अवस्था देखिएसँगै बादलले सो प्रस्ताव राखेका हुन् । बादलले ओलीसँग उक्त प्रस्ताव राखेको भएपनि ओलीले त्यसलाई कार्यान्वयनमा लाने वा नलाने भन्ने विषयमा भने निर्णय लिइ नसकेको बुझिएको छ ।

६०/४० को अवधारणा लागु भए मात्रै पार्टी जोगिने तर्क

महाधिवेशनमा ६०/४० को अवधारणा लागु गर्दा मात्रै एमाले राम्रो र बलियो पार्टी बन्ने तर्क बादलको छ । स्वतन्त्र निर्वाचन पद्धतीबाट अगाडि बढ्ने हो भने ओली नेतृ्त्वकाे समूह मात्रै रहने उनले जिकिर गरेका छन् । ओली समूह एक्लै अगाडि बढेमा त्यसले एमालेको अस्तित्वलाई नै पुनः समस्यामा ल्याउन सक्ने तर्क बादलले अगाडि सारेका छन् ।

महाधिवेशनमा ६०/४० को अवधारणा लागु गर्दा मात्रै एमाले राम्रो र बलियो पार्टी बन्ने तर्क बादलको छ । स्वतन्त्र निर्वाचन पद्धतीबाट अगाडि बढ्ने हो भने ओली नेतृ्त्वकाे समूह मात्रै रहने उनले जिकिर गरेका छन् । ओली समूह एक्लै अगाडि बढेमा त्यसले एमालेको अस्तित्वलाई नै पुनः समस्यामा ल्याउन सक्ने तर्क बादलले अगाडि सारेका छन् ।

‘हामी पुर्व माओवादी समूहलाई २२/२५ प्रतिशत, १० बुँदेहरुलाई १७/१८ प्रतिशत र बाँकी ओलीको समूहलाई गर्दा पार्टीमा शक्ति सन्तुलन राम्रो हुन जान्छ । अरु सबै मिल्दा पनि उहाँ अप्ठ्यारो परिस्थितिमा नपर्ने गरि यो विकल्प सहि हुन सक्छ भन्ने हामीलाई लागेको छ ।’ बादलले आफ्नो प्रस्तावबारे निकटस्थलाई बिफ्रिङ गरेका छन् ।

ओली समूह पनि क्रमशः विभाजनतर्फ

महाधिवेशनमा नेतृत्व कब्जा गर्नको लागि ओली समूह पनि क्रमशः विभाजित हुन थालेको छ । विधानले व्यवस्था गरेको पदाधिकारी र सदस्य संख्यामा ओली समूहबाट मात्रै झण्डै दोब्बर आकांक्षी भएसँगै समूह विभाजित बनेको हो ।

अहिले महाधिवेशन प्रतिनिधि छनोटको अवस्था हेर्दा ओली समूह एक्लैले महाधिवेशनमा ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । ओली समूहका केही नेताले आफुहरुको उम्मेदवारीको घोषणासमेत गर्न थालेका छन् । गण्डकी प्रदेशका पुर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महासचिवको उम्मेदवारीको लागि काठमाडौंस्थित सिभिल मलमा सचिवालय नै स्थापना गरेर भेटघाटलाई अगाडि बढाएका छन् । तत्कालिन अवस्थामा नेकपाको महासचिव बनिसकेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र शंकर पोख्रेलले पनि महासचिवमा आफ्नो दाबी रहने संकेत गरेका छन् ।

अहिले महाधिवेशन प्रतिनिधि छनोटको अवस्था हेर्दा ओली समूह एक्लैले महाधिवेशनमा ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । ओली समूहका केही नेताले आफुहरुको उम्मेदवारीको घोषणासमेत गर्न थालेका छन् ।

वरिष्ठ उपाध्यक्षलगायत अन्य उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेलसहित माधव नेपाल समूहबाट फर्किएका १० बुँदेहरुको चर्चा भएको छ । आफुहरुको माग सुनुवाई नभएमा भीम रावल र घनश्याम भुसाल मध्ये एकजनाले ओलीसँग प्रतिस्पर्धा गर्नेगरि तयारी गर्न खोजेका छन् । तर माधव समूहबाट फर्किएका १० भाइलाई ओलीले विभाजित गर्न सफल भएकाले उनीहरुको अवस्था महाधिवेशनमा असाध्यै कमजोर हुने देखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा