Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

१२ वर्ष उमेर समुहका बालबालिकालाई पनि फाइजर खोप लगाइने



काठमाडौं । यसअघि दीर्घ रोगीहरुलाई मात्र कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाउने भनिएपनि अब १२ वर्ष उमेर समुहका लाई पनि उक्त खोप लगाइने भएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार अमेरिकी सरकारले उपलब्ध गराएको १ लाख ६२० डोज फाइजर खोप १८ वर्ष मुनिका बालबालिकालाई पनि लगाउन सुरु गरिएको छ ।

यसअघि दीर्घरोगीलाई मात्र फाइजर खोप लगाइने भनिएपनि दीर्घ रोगीले लगाएर बाँकी रहेको उक्त खोप १२ वर्ष उमेर समूहका बालबालिकालाई पनि लगाइने भएको हो ।

मंसिर ४ गतेसम्म लगाउने भनिएको खोप लगाउने कार्यलाई निरन्तरता दिइने पनि डा. अधिकारीले जानकारी दिएका छन् ।

फाइजर खोप नेपालमा हालसम्म प्रयोग गरिएका खोपमध्ये पाँचौ हो । यसअघि ऐष्ट्राजेनिका, भेरोसेल, कोभिसिल्ड र जोन्सन एण्ड जोन्सन लगाइसकिएको छ ।

खोप लगाउनेको संख्या २ करोड नजिक
नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या २ करोड नजिक पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा शनिवारसम्म १ करोड ६८ लाख ८६ हजार ३६९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।

जसमा ९१ लाख ९ हजार ६६६ जनाले पहिलो मात्रा र ७९ लाख ७६ हजार ७०३ जनाले दुवै मात्राको खोप लगाइसकेका छन् । नेपालमा शनिवार मात्रै १ लाख, ३ हजार २०९ जनाले खोप लगाएका थिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा